शुक्रबार, बैशाख ५, २०८२
  • होमपेज
  • समाचार
  • स्थानीय तहको निर्वाचन बहिष्कार गर्छौं : सीपी गजुरेल
समाचार

स्थानीय तहको निर्वाचन बहिष्कार गर्छौं : सीपी गजुरेल

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेलले आगामी वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने बताएका छन्।

पार्टीको मधेस प्रदेश कमिटीले सोमबार सिरहाको गोलबजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता गजुरेलले जनतालाई अल्मल्याएर चुनाव जित्ने प्रणालीको अन्त्य नभएसम्म वास्तविक जनप्रतिनिधि चयन नहुने बताए।

विज्ञापन

‘भ्रष्ट नेता तथा पार्टीहरुले निर्वाचनको भ्रममा पारेर जनतालाई अनैतिक बनाउन खोज्दैछन्, गजुरेलले भने, चुनावको घोषणासँगै नेताहरु पैसाको बोरा बोकेर गाउँ पसेका छन्। पैसा, मासु र रक्सीमा जनतालाई अल्मल्याएर चुनाव जित्ने व्यवस्था अन्त्य नभएसम्म वास्तविक जनप्रतिनिधि चयन हुन सक्दैनन्।

विज्ञापन

चुनावले जनप्रतिनिधि भन्दा पनि नेताहरुलाई व्यापारी बनाउने दाबी गर्दै उनले चुनावअघि मासु, रक्सि र पैसा दिएर मत किनिने र निर्वाचित भएपछि जनप्रतिनिधि खर्च असुलीमा लाग्ने गरेको उनको भनाई थियो।

उनले राष्ट्रघाती एमसीसी परियोजना संसदबाट खारेज गर्नुपर्ने पनि बताए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस