नायिका वर्षा सिवाकोटीले केही दिन अगाडि सामाजिक संजालमा अमेरिकाको समुन्द्री तटमा रमाउँदै गरेको तस्वीर पोष्ट गरिन् । उनले पोष्ट गरेको विकिनी फोटोले सामाजिक संजाल र मिडियामा तरंग नै पैदा गर्यो ।
सामाजिक संजालमा पोष्ट गरेको विकिनीको तस्वीरमा वर्षालाई थुप्रै प्रतिक्रिया आएका छन् । जसमध्ये केही प्रतिक्रिया भद्दा छन् । कलाकारका तस्वीरमा राम्रा र नराम्रा दुबै खालका प्रतिक्रिया आउनु स्वभाविक नै हो । कलाकारले पनि यसलाई स्वभाविक रुपमा नै लिने गरेका छन् । तर, वर्षालाई भने केही प्रतिक्रियाले आक्रोशित बनाएको छ । विशेषगरि, यस्तो पहिरन लगाउनेलाई त जे पनि गर्दा हुन्छ भन्ने खालका प्रतिक्रियाले उनी आक्रोशित भएकी छिन् ।
विज्ञापन
दर्जन बढी भद्दा प्रतिक्रिया आएपछि अमेरिकामा रहेकी वर्षाले आफू साइबर क्राइममा उजुरी दिने सोचाईमा पुगेको बताइन् । उनले, फोटोमा राम्रो नराम्रो प्रतिक्रियालाई स्वभाविक रुपमा लिने भन्दै कुनै महिलाको अस्मितामाथि नै धावा बोल्ने प्रतिक्रियाले आफूलाई सोच्न वाध्य बनाएको बताइन् ।
विज्ञापन
समुन्द्री तटमा पुगेर विकिनीमा रमाउनु कुनै नौलो कुरा होइन । तर, नेपाली कलाकारका यस्ता तस्वीरमा आउने प्रतिक्रिया पनि अस्वभाविक खालका हुने गरेका छन् ।
फेसबुक प्रतिक्रियाहरु