गर्भवती भएको भन्ने अफवाहलाई अब सोनम कपुरले अन्ततः विराम लगाएकी छिन् । उनले श्रीमान् आनन्द आहुजासँग आफ्नो फोटो सेयर गर्दै यसबारे जानकारी दिएकी छिन् । बेबी बम्पसहित सोनमले आफू गर्भवती भएको खबर सबैमाझ साझा गरेकी छिन् ।
सोनमले फोटो सेयर गर्दै लेखिन्, ‘चार हात । तिम्रो उत्कृष्ट पालनपोषणका लागि जति हामी गर्न सक्छौँ । दुई मुटु । जुन तिमीसँगै धड्कन सक्नेछ, हरेक मोडमा । हाम्रो परिवार जसले तिमीमाथि प्रेम बर्साउनेछन् र समर्थन गर्नेछन् । हामी तिम्रो स्वागत गर्नका लागि थप प्रतीक्षा गर्न सक्दैनौँ ।’
विज्ञापन
यो खबर फैलिन धेरै बेर लागेन । वाणी कपुर, करिना कपुर, अंशुला, खुसी, अबू जानी, जान्ह्वीसमेत थुप्रै सेलिब्रिटीले सोनमलाई बधाई दिएका छन् । करिनाले आफ्नो खुसीलाई रोक्न सकिनन् र उनले लेखिन्, ‘वुहु, असाध्यै खुसी छु तिमीहरु दुबैजनाका लागि । बच्चाहरु सँगै खेल्नका लागि प्रतीक्षा गर्न सक्दिनँ..’
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु