शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • समाचार
  • ओलीप्रति प्रचण्डको कटाक्ष : केही नेताहरु अहिले पनि गोरुगाडाकै सिद्धान्तमा छन्
समाचार

ओलीप्रति प्रचण्डको कटाक्ष : केही नेताहरु अहिले पनि गोरुगाडाकै सिद्धान्तमा छन्

काठमाडौं। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्ष दल एमाले अध्यक्ष गणतन्त्र र परिवर्तनविरोधी भएको बताएका छन्। सिन्धुलीमा आयोजित कार्यक्रममा प्रचण्डले केपी ओलीलाई परिवर्तन विरोधीको संज्ञासमेत दिए।

विज्ञापन

 

विज्ञापन

‘जतिबेला हामी लोकतान्त्रिक गणतन्त्रको प्रक्रियामा अघि बढ्दैथियौं, त्यतिबेला यो देशमा अहिलेका ठूला भन्ठान्ने केही नेताहरु नेपालमा गणतन्त्र सम्भव छैन, गणतन्त्र आउँछ भन्नु र गोरु गाडा चढेर अमेरिका जाने एउटै कुरा हो भन्थे। ती मान्छे अहिले पनि जिउँदै छन। ती मान्छेहरु अहिले पनि गणतन्त्रविरोधी नै छन्। अहिले पनि गोरु गाडाकै सिद्धान्तमा छन्।’

‘समावेशी र समानुपातिकता, देशका दलित, महिला, आदिवासी, मधेसी, जनजाति, उत्पीडित, महिलाले मौलिक अधिकार पाएको राज्यमा प्रतिनिधित्व भएको तिनीहरुलाई पचेको छैन। तिनीहरु यो संविधान उल्ट्याउन चाहन्छन्, गणतन्त्र उल्ट्याउन चाहन्छन्,’ उनले भने।

देशलाई धार्मिक अतिवादमा लगेर विदेशीको अगाडि सुम्पिनेहरु पनि धेरै रहेको उनले दाबी गरे। ‘तपाईँ हामी माओवादी र हिजो शान्ति सम्झौतामा हस्ताक्षर गर्ने नेपाली कांग्रेस र वामपन्थीहरु एकजुट भएर अघि नबढ्ने हो भने कुनै पनि बेला देशमा दुर्घटना हुनसक्ने खतरा अहिले पनि कायम छ। खतरा अझै टरेको छैन,’ उनले भने।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस