सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • ठुलो परिबर्तन ल्याउने माओवादीका महान् योद्धाहरुलाई प्रायोजित अपमान गर्न पाइदैन : सुदन किराँती
समाचार

ठुलो परिबर्तन ल्याउने माओवादीका महान् योद्धाहरुलाई प्रायोजित अपमान गर्न पाइदैन : सुदन किराँती

काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता तथा प्रतीनिधि सभाका संसद् सुदन किराँतीले समाजिक सञ्जाल फेसबुक मार्फत महान् जनयुद्धका महान् वीर महिला योद्धाहरुको अफमान भएको प्रती कडा रुपमा विरोध गरोध गरेका छन् ।

उनी लेख्छन् म सहित कयौं महिला कमरेडहरु सहिद हुँने खेतिमा लागेका थियौ तर कसैको निगाहाले होइन संयोगले बाँचेका हौं । हो हामीलाई निश्चय नै धेरै दुःख छ तर गणतन्त्र ल्याएकोमा स्वभिमान र गर्ब पनि उतिकै छ ।

विज्ञापन

जसरी मैन बत्तिले आफुलाई जलाएर अरुलाई उज्यालो दिन्छ हो त्यहि जलाईले आज देशमा गणतन्त्रको उज्यालो उदाएको उनको धारणा छ ।

विज्ञापन

उनी लेख्छन् महान् योद्धाहरुका कारण नै यो देशका तानाशाहा शासकहरुको शासनको अन्त्य भएर जनताबाट निर्वाचित जनताहरुले एउटा विधिको शासन सुरुभएको हो ।

शासनको स्वरुप फेरिए संगै देशमा दलित र महिला विरुद्धको विभेदको अन्त्य भएको हो । गाँउ गाँउमा सरकार भएको कारण नै देशको कुना कुनामा सिहदरबारको आभास भएको छ । सबै धर्म संस्कृति सिद्धान्तत सम्मान र शुन्दर भएका छन ।

नेता किराँती स्मरण गराउछन् ००७ को जनक्रान्तिमा सहभागी भएका मुक्ति सेनाहरु आज उहाँहरुको मृ त्युमा कात्रो किन्नलाई चन्दा उठाउने स्थितिमा छ ।

झापा बिद्रोहमा दशौं बर्ष जेल बसेका योद्धहरुको आज पनि छानो छैन पार्टी कार्यालय डल्लुमा आएर दुख सहन नसकेर आ त्मा ह त्या गरेको घटना धेरै भएको छैन तर आज जनयुद्धको पात्र, प्रबृति र परिश्थिति माथी मात्र हिट गर्नु प्रायोजित होइन भन्नु कसरी सकिन्छ ?

नेपालको इतिहासमा जुन दश बर्षको संघर्षले सबै भन्दा ठुलो परिबर्तन ल्याएर आयो । संसारमा कहाँ छ भिषण युद्ध पछि दुख नभै एकै पटक शुख आएको देश । एउटा उदारण देखाउन सक्नु हुन्छ ?

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस