बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • समाचार
  • पल शाहविरुद्ध अनुसन्धान सकियो, नवलपुरमा भोलि मुद्दा दर्ता गरिँदै
समाचार

पल शाहविरुद्ध अनुसन्धान सकियो, नवलपुरमा भोलि मुद्दा दर्ता गरिँदै

नाबालिग गायिकामाथि विभिन्न ठाउँमा ब’ला’त्कार अभियोग लागेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान सकिएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला प्रहरी कार्यालय नवलपुरले १२ दिन थपिएको म्यादअवधिमै अनुसन्धान पूरा गरेका हुन्।

विज्ञापन

प्रहरीले अनुसन्धान पूरा गरेसँगै पलविरुद्धको मुद्दाको फाइल सरकारी वकिल कार्यालयमा पठाइएको छ।

विज्ञापन

सरकारी वकिल कार्यालय नवलपुरले पलविरुद्धको मुद्दा बिहीबार जिल्ला अदालतमा दर्ता गर्ने तयारी गरेको छ।

पलले सुरुमा तनहुँ प्रहरीसमक्ष हाजिर भएपछि त्यहाँ अनुसन्धान भएको थियो। त्यसपछि नाबालिग गायिकाले इलाका प्रहरी कार्यालय गैँडाकोटमा पनि जाहेरी दिएपछि त्यहाँ लगेर पलसँग बयान लिइएको थियो।

गत फागुन २४ गते तनहुँको दमौलीबाट गैंडाकोट लगिएका उनले त्यहाँ पनि तनहुँमा जस्तै नाबालिग गायिकालाई आफूले ब’ला’त्कार नगरेको बयान दिएका थिए।

शाहले तनहुँमा पनि ती नाबालिग गायिकाको कोठामा छिरे पनि सँगै नसुतेर आफ्नै कोठामा फर्किएको बयान दिएका थिए।

नवलपुरस्थित गैंडाकोट रिर्सोटमा पनि दमौलीमा जस्तै आफूलाई जवरजस्ती करणी गरिएको भन्दै नाबालिका गायिकाले पलविरुद्ध जाहेरी दिएकी थिइन्।

पहिलो घटना त्यहीँ भएको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा पनि पीडितका आफन्तले जाहेरी दिएका थिए। पललाई नवलपुरमा ल्याएपछि सरकारी वकिलसमक्ष राखेर बयान लिइएको थियो।

शाहलाई जिल्ला अदालत तनहुँबाट दोस्रो पटक १२ दिन म्याद थपेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिइसकेको छ। त्यो पनि अब सकिन लागेको छ। शाहले जाहेरी परेको पाँच दिनपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा गिरफ्तारी दिएका थिए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस