Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ १, २०८२
  • होमपेज
  • समाचार
  • अमेरिकालाई छक्याउनेहरुले जनतालाई पनि छक्याउन सक्छन : ओली
समाचार

अमेरिकालाई छक्याउनेहरुले जनतालाई पनि छक्याउन सक्छन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले अमेरिकालाई समेत झुक्याएको आरोप लगाएका छन् । आज एमाले संसदीय दलको बैठकमा उनले गठबन्धनमाथि अमेरिकालाई छक्याएको आरोप लगाएका हुन् ।

बैठकमा गठबन्धनप्रति आक्रामक रुपमा प्रस्तुत भएका उनको भनाई उदृत गर्दै एक एमाले सांसदले भने,‘अमेरिकालाई छक्याउनेहरुले जनतालाई पनि छक्याउन सक्छन, जो कोहीलाई छक्याउन सक्छन् ।’ गठबन्धन भ्रमहरु फैलाउन लागिपरेको भन्दै सचेत रहन आग्रह गरे ।

विज्ञापन

एमालेले एक्लैले चुनाव जित्नसक्ने अवस्थामा रहेको भन्दै त्यही अनुसार अगाडि बढ्न निर्देशन दिए । स्थानीय चुनावमा पार्टीका उम्मेदवारलाई जिताउन सक्रियतापूर्वक लाग्न भने ।

विज्ञापन

तीन तहको चुनाव नै एमालेले जित्ने दाबी गर्दै ओलीले सबै किसिमका छलछाम र षड्यन्त्र चिरेर बढ्न निर्देशन दिएको बुझिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस