मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • समाचार
  • तीन अभिनेत्रीको ३ करोड सिभिल सहकारीले ठग्यो : उठाइदिन सरकारसँग गुहार
समाचार

तीन अभिनेत्रीको ३ करोड सिभिल सहकारीले ठग्यो : उठाइदिन सरकारसँग गुहार

नेपालका तीन वरिष्ठ अभिनेत्रीहरुको झण्डै ३ करोड रुपैयाँ एक सहकारीमा पसेको छ।

सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडबाट पीडित भएको भन्दै कलाकार संघले सरकार गुहारेको छ।

विज्ञापन

कलाकार संघले एक विज्ञप्ति निकाल्दै वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, अञ्जन रञ्जितकारले उक्त सहकारीमा बचत गरेको पैसा फसेको जनाएको छ।

विज्ञापन

विज्ञप्तिमा सहकारीका सञ्चालक इच्छाराज तामाङ लगायतबाट असुलउपर गराउन माग गर्दै कानुनी उपचारमा गएको जनाइएको छ।

सरकारलाई यस विषयमा चासो लिएर पीडितलाई न्याय दिन र दोषीलाई कारबाही गर्न संघले आग्रह गरेको छ। उक्त सहकारीमा ‘भुवन चैत्य वसुन्धरा फाउन्डेसन’ अक्षय कोषको रकम पनि राखिएको उल्लेख छ।

भुवन चैत्य वसुन्धरा फाउन्डेसनले हरेक वर्ष डेढ लाख रुपैयाँको पुरस्कार वितरण गर्दै आएको तर पैसा सहकारीमा फसेपछि उक्त पुरस्कार वितरण गर्न पनि समस्या भएको बताइएको छ।

संघका अनुसार तीन अभिनेत्री र फाउन्डेसनको गरी करिब तीन करोड रुपैयाँ उक्त सहकारीमा फसेको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस