वि.सं. २०७८ चैत्र ०१ गते मङ्गलवार तदनुसार ई. सं. २०२२ मार्च १५ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४२, (चिल्लाथ्व), नेपालमा सूर्योदय : बिहान ०६:०८ बजे र सूर्यास्त : साँझ ०६:०४ बजे, चन्द्रोदय : दिउँसो ०३:२९ बजे र चन्द्रास्त : भोलि बिहान ०३:२४ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:१७ बजे र सूर्यास्त : साँझ ०६:११ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:२२ बजे र सूर्यास्त : साँझ ०६:१६ बजे, फाल्गुन शुक्लपक्षको द्वादशी तिथि, दिउँसो १२:१७ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, अश्लेषा नक्षत्र, बेलुका १०:५९ बजेसम्म, त्यसपछि मघा नक्षत्र, चन्द्रमा कर्कट राशिमा, बेलुका १०:५९ बजेसम्म, त्यसपछि सिंह राशिमा, सुकर्मा योग, मध्यरात्रीपछि ०३:२३ बजेसम्म, त्यसपछि धृति योग, सुरुमा बालब करण दिउँसो १२:१७ बजेसम्म, त्यसपछि कौलव करण मध्यरात्रीपछि १२:४४ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : आनन्द, चन्द्रवर्ण : सेतो (बेलुका १०:५९ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : उत्तर (बेलुका १०:५९ बजेसम्म), त्यसपछि पूर्व, योगिनीदिशा : नैऋत्य (दिउँसो १२:१७ बजेसम्म), त्यसपछि दक्षिण, वारशूल : उत्तर, वाणपञ्चकमध्ये मृत्यु वाण : सूर्योदयपूर्व ०२:३८ देखि मध्यरात्रीपछि ०२:४२ सम्म, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, आज : चैत्र संक्रान्ति, श्री भौम प्रदोष व्रत (ऋणरोगशमनका निमित्त), गोविन्द द्वादशी
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०२ गते : कुनै चाडपर्व, मुहूर्त र उत्सवादि परेको देखिंदैन । ०३ गते : पहाडी जिल्लामा होली पर्व, पूर्णिमा व्रत, चीरदाह (राती भद्रान्तमा शुभ), तोरल पर्व (थकाली समुदाय), ०४ गते : श्री चैतन्य महाप्रभु जयन्ती, होली पूर्णिमा, तराईका जिल्लामा होली उत्सव, होली पुह्नि (नेवारी पर्व), मन्वादि,
विज्ञापन
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
भैपरी आउने व्यवहारिक खर्चले चिन्ता बढाउने दिन हो, सरसापटी वा कर्जामार्फत अतिरिक्त धन र आवश्यकताका वस्तु जुटाउन सकिने छ । व्यस्त रहनुपर्ने वा दौडधूप गर्ने समय हो, तर पनि एक किसिमको जमघट र रामरमाइलोमा सरिक हुँदा मन प्रसन्न नै रहने छ । बुढाबुढीको सेवा गर्दा भाग्य बढ्ने दिन हो । गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्नेछ, त्यस्तै आमाको आशीर्वाद लिन सके हरेक काममा सफल भइने दिन हो । आजको भाग्यबल ९० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भ्रामरीदेव्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
विज्ञापन
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सामाजिक वा साङ्गठनिक कामका कारण नियमित कामधन्दामा असर पर्ने समय छ । दीर्घ प्रयोजनका लागि सम्पत्ति जोड्ने विचार छ भने आजको प्रयास र मिहिनेतबाट लाभ मिल्नेछ । बढुवा वा प्रशंसा प्राप्त गर्ने र थप जिम्मेवारी ग्रहण गर्ने दिन हो । आफन्त वा नातागोताको कुनै काममा सघाउने परिस्थिति पनि बन्नसक्छ । सामूहिक काम वा सामाजिक क्रियाकलापमा संलग्न हुँदा फुर्सद पाइँदैन र लवमेटलाई छुट्टै समय दिन नपाउनाले वैचारिक मतभेद हुनसक्छ, कुराकानी गरी परिस्थिति सम्हाल्नु ठीक हुन्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
परिस्थितिलाई मनन गर्नसक्ने क्षमताको विकास हुनाले जोसुकैलाई पनि आफ्नो विचार र लक्ष्यप्रति सहमत तुल्याउन सकिने छ । सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने समय छ । निजी काम वा आन्तरिक खुसीका लागि केही धन खर्च गर्नुपर्ने हुन्छ, तर सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक रूपमा लाभसमेत पाउन सक्नुहुन्छ । आजको भाग्यबल ९० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कमलायै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नयाँ कुरा पढ्ने वा सिक्ने रहर जागेर आउने छ । नजानेको विषयवस्तुप्रति केन्द्रित हुन सकेमा उपलब्धि लिन सक्नुहुन्छ । बहुप्रतीक्षित इच्छा र आकाङ्क्षा पूर्ण हुने समय हो । समय उपयोगी छ, जे गरे पनि सफलता हातपर्ने दिन हो । अध्ययनप्रतिको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । विगतका कमीकमजोरीमा सुधार गरी प्रयत्न गरेको काममा सफलता पाउन सकिन्छ । आजको भाग्यबल ९५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आनन्द र मनोरञ्जनको वातावरणमा अचानक निराश हुनुपर्ने र तनाव झेल्ने परिस्थिति आइपर्ने दिन हो । आजको दिन मानसिक तनाव र चिन्ता बढ्ने समय हो । शत्रु र प्रतिस्पर्द्धीको गतिविधिप्रति ध्यानकेन्द्रित हुनसक्छ । कारोबारमा राम्रै फड्को मार्ने समय छ, थोरै प्रयास गर्दासमेत राम्रो उपलब्धि हात पर्नसक्छ । लागी परेमा रोकिएको काम बन्नेछ तर दायित्व र जिम्मेवारी भने बढी रहने समय हो । आजको भाग्यबल १५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मित्र र सहयोगीहरूले सहायता गर्नेछन् । व्यापार/व्यवसायलाई बढाउने र चम्काउने अवसर मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने दिन छ । जग्गाजमीन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र सञ्चारका सामाग्रीमा व्यवसाय गरेमा लाभ पाइने देखिन्छ । आफन्त वा बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । कर्तव्यपालनाका निम्ति गरेको त्यागको कदर हुनेछ, विचार र व्यवहारका प्रशंसकहरू बढ्ने समय छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ह्रीं श्रीं क्लीं वित्तेश्वराय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अत्यन्त क्रियाशील र व्यस्त रहने समय हो, विशेष ठाउँमा तपाईंको निर्णय र कार्ययोजनाले राम्रो स्थान पाउन सक्छ । हाकिम वा वरिष्ठ व्यक्तित्वसँग चिनजान हुने र सामीप्य बढ्ने समय छ । विशेष लाभांश प्राप्त हुनाले आवश्यक वस्तुको किनमेल गर्न सकिने छ । व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो, तर पार्टनरका तर्फबाट कुनै खुसी हुने कुरा सुन्न पाइनेछ, जसले गर्दा मनमा भएको बोझ हटी प्रसन्नता बढ्नेछ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कर्माधिष्ठातृदेवेभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कालीगढी, मरम्मतसम्भार, काठपात, प्लास्टिक र रबरसम्बन्धी कारोबारबाट लाभ पाउन सकिन्छ, तर असम्भव आशामा अल्झिएर स्वास्थ्यप्रति असचेत नबन्नुहोला । सामाजिक र परोपकारी काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ । विदेश यात्रा वा छात्रवृत्तिका लागि तैयारी गरिंदै छ भने आजको प्रयासले नयाँ गति समात्ने र लाभ पाउने दिन हो । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वाचस्पतये नम: न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
साथ दिने कोही पनि देखिंदैनन् । काम गर्दा निकै धपेडी बेहोर्नुपर्ने हुन्छ, तर आफ्नो स्वास्थ्य र आरामका लागि पनि केही समय छुट्याएको जाति हुन्छ । किताब, प्राक्टीकल र ल्यापटपमा मात्र घोरिएर दिमाग भारी हुने समय छ, एकाग्रताका लागि ध्यान, मेडिटेशन र योग गर्नु राम्रो हुन्छ । विपरीत परिस्थितिलाई जितेर अघि बढ्ने दिन हो, हाँके/ताकेका जुनसुकै काममा बिलम्ब हुनसक्छ । अल्छी गर्ने होइन, कडा परिश्रम गरेर काम निकाल्नुपर्ने हुन्छ । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते रुद्रात्मकाय हुं फट् न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मिहिनेतले पदीय जिम्मेवारी दिलाउने छ, इच्छाएको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । कामका साथै परिवारसँग रमाउने दिन हो । पार्टनरको इच्छानुसार चल्नुपर्दा कार्यक्षेत्रमा समस्या आउने भएकाले महत्त्वपूर्ण काम बेलैमा गरिहाल्नु ठीक हुनेछ । आतिथ्यपूर्ण सम्मान मिल्नेछ । मित्रता वा भाइचाराको सम्बन्ध स्थापना हुने दिन हो, प्रेम र दाम्पत्य जीवनमा समेत सुमधुरताको प्राप्ति हुनेछ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कात्यायनी भगवत्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सिनियर स्टाफ वा कुनै सेवाग्राहीको रिसको चक्रमा जाकिने समय छ । समस्या हल गर्न कलह वा विवादलाई होइन, बुद्धिकौशलको उपयोग गर्नु ठीक हुन्छ । कुनै पनि कुरालाई बढाइचढाई गर्नुहुँदैन, नत्र सामान्य मानेको विषयलाई प्रमाणित गर्न गाह्रो हुन्छ र बेकारको तर्कबितर्कमा दिन बित्ने परिस्थिति बन्नेछ । शत्रु र प्रतिस्पर्द्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्नेछन् । यद्यपि पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने छ तर कामको बोझ बढ्नाले थकानको अनुभूति हुनेछ । आजको भाग्यबल ९० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ क्रां क्रीं क्रौं स: भौमाय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पारिवारिक सुख पाउनुका साथै बृद्धबृद्धाको आशीष मिल्ने दिन हो । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ अनि दाम्पत्य जीवन पनि सुखमय रहनेछ । आन्तरिक प्रतिभाको प्रस्फूटन हुने राम्रो दिन छ, कला र साहित्यप्रति झुकाव छ भने फुरेको विषयवस्तु टिपोट गर्नुहोला । प्रतिस्पर्द्धा वा परीक्षामा सफल भइने छ, केही नयाँ कुरा सिक्नु छ, वा सिर्जनात्मक काम गर्नुपर्छ भन्ने भावना विकसित हुने दिन हो । आजको भाग्यबल ८५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ऐं सरस्वत्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
फेसबुक प्रतिक्रियाहरु