आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • देखेका र संगत गरेका चरित्रलाई नै ‘पीर’मा उतारेको हुँ : प्रकाश सपुत
समाचार

देखेका र संगत गरेका चरित्रलाई नै ‘पीर’मा उतारेको हुँ : प्रकाश सपुत

काठमाडौं । युट्युबमा यसै साता सार्वजनिक भएको आफ्नो नयाँ गीत ‘पीर’लाई लिएर विवाद सिर्जना भएपछि गायक प्रकाश सपुतले प्रष्टीकरण दिएका छन् ।भिडियोमा प्रस्तुत गरिएका पात्र वास्तविक नै रहेको र आफूले देखेको, संगत गरेका चरित्रलाई गीतमा उतारेको उनले बताए । अनलाइनखबरसँग उनले भने, ‘वास्तविक पात्र, स्वभाव र सोचको अध्ययन गरेर नै गीत तयार पारिएको छ ।’

माओवादी ‘जनयुद्ध’लाई लिएर सार्वजनिक सञ्चारमाध्यममा समेत टीकाटिप्पणी हुँदै आएको र आफूले तिनै विषयवस्तुलाई गीतमा चित्रण गरेको उनले बताए । ‘यी कुराहरु मिडियामै भनिएका र समीक्षा गरिएका कुरा हुन्,’ उनले भने ।

विज्ञापन

तर उनले पूर्वछापामार युवती देहव्यापारमा संलग्न भएको दृश्यप्रति भने आत्मालोचना गरे । ‘केही बढी कोट्याइएको एउटा दृश्य छ । त्यसलाई प्रतीकात्मक रुपमा राखिएको हो । कसैको आत्मसम्मानमा ठोस पुग्न सक्ने महसुस गरेको छु । यसमा मैले आत्मालोचना गर्छु,’ उनले भने ।

विज्ञापन

गीतलाई लिएर प्राप्त भइरहेका सबै प्रतिक्रियालाई अध्ययन गरिरहेको सपुतले बताए । ‘मैले गलत बुझेको हो कि तपाईंहरुले, समीक्षा गर्दैछु,’ उनले भने । साथै, राजनीतिक पूर्वाग्रह राखेर गीत निकालेको भन्ने आरोपको पनि उनले खण्डन गरे ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस