शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • समाचार
  • ठेकेदारले कमिसन नदिएपछि भुक्तानी पाएनन् : ओली
समाचार

ठेकेदारले कमिसन नदिएपछि भुक्तानी पाएनन् : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले ठेकेदारले सरकारी अधिकारीलाई कमिसन नदिएपछि भुक्तानी नपाएको आरोप लगाएका छन् ।

“आठ महिनामा २० प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । कमिसन नदिएका अथवा राशीमा कुरा नलिकाले ठेकदारले पनि भुक्तानी पाएका छैनन् । उनीहरूले अझै नोक्सानी होला भन्ने डरले भन्न सकेका छैनन् । कमिसन नदिएसम्म भुक्तानी नहुने अवस्था छ,” उनले भने ।

विज्ञापन

ओलीले अर्थमन्त्रीलाई ‘सगुने’ भनेर व्यङ्ग्य गरे । यद्यपि उनले अर्थमन्त्रीको नाम भने लिएनन् । “पूर्वतिर सगुने भन्ने हुन्छ, न ३३ कोटी देवाताभित्र पर्छ न कुनै आराध्य नै हो । तर, देवी देवता भन्दा पहिले त्यसलाई मन्साउनुपर्छ,” उनले भने, “आफूले लगाएको धान पाक्यो भने आफूले खानु भन्दा पहिले त्यसलाई पन्छाउनुपर्छ । मिठो मसिनो जे भयो उसलाई नमन्छाई खान पाइँदैन । अहिले सगुनेको राज भएकाले सबै थर्कमान छ मन्साउने कसरी त्यसैमा ध्यान छ ।”

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस