सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • एमाले परित्याग गरि सिङ्गो गाउँ नै माओवादी केन्द्रमा प्रवेश
समाचार

एमाले परित्याग गरि सिङ्गो गाउँ नै माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ४ काब्रको एउटा सिङ्गै गाउँ नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

पशुपति चौलागाईंका कारण एमालेको गढ मानिने तत्कालिन काब्रे गाविसको उनियाँचौर बस्तिका ४९ र अन्य दुई गरी ५१ जना नेकपा माओवादी केन्द्रमा आज प्रवेश गरेका हुन् ।

विज्ञापन

उनियाँचौर निवासी एमालेका प्रभावशाली नेताहरु निलप्रसाद लामिछाने, हरिलाल लामिछाने, कृष्णप्रसाद लामिछाने, दलवहादुर सार्की, गोरेवहादुर सार्की, पदमवप्रसाद लामिछाने, जगन्नाथ दहाल, लालवहादुर दाहाल, शिवराम दाहाल, चन्द्रवहादुर दाहाल

विज्ञापन

लगायतका एमालेका स्थानीय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

त्यस्तै काब्रेकै च्यानेका अमृतवहादुर तामाङ र बैतेश्वर २ माझगाउँका उमेश घिसिङ पनि माओवादीमा प्रवेश गरेका छन् ।

सिंगो गाउँ नै पार्टी कार्यालय खोलेर माओवादी प्रवेश गराउनका लागि केही दिनअघि मात्रै माओवादीको केन्द्रिय कार्यालय पेरिसडाँडाबाट माओवादीमा प्रवेश गरेका टंकपसाद लामिछानेले सहजीकरण गरेका हुन् । टंकपसाद लामिछाने बैतेश्वर ४ मा

कांग्रेसका तर्फबाट वडाअध्यक्षका बलिया दाबेदार मानिदै आएका थिए ।

नवप्रवेशीहरुलाई नेकपा माओवादीका युवा नेता एवँ बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का लगायत माओवादीका जिल्लास्तरीय नेताहरुले पार्टीमा प्रवेश गराएका हुन् ।

माओवादी केन्द्र बैतेश्वर ४ का वडा संगठन समिति अध्यक्ष भरत ढुँगेलको अध्यक्षमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय प्रचार विभाग सदस्य लक्ष्मण खड्का, बैतेश्वर गाउँपालिका संगठन समितिका अध्यक्ष भिमवहादुर श्रेष्ठ, सचिव भुवन

घिमिरे, दोलखा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष मिन घिमिरे लगायत उपस्थित थिए ।

आजै नेकपा माओवादी केन्द्र दोलखाको जिल्ला समन्वय समितिको बैठक सुरु भएको छ । बैठकमा सहभागी बैतेश्वरका उपाध्यक्ष मिनकुमार शिवाकोटीका अनुसार बैतेश्वर ७ का एमाले र कांग्रेस परित्याग गरी बलराम खड्का,कल्पना खड्का र राजकुमार

थामी माओबादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज देवी खड्का लगायतले स्वागत गरेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस