Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ १, २०८२
  • होमपेज
  • समाचार
  • प्रभासको ‘राधेश्याम’: १८ वर्ष लगाएर लेखियो फिल्मको कन्क्लुजन, अपडेट नपाउँदा फ्यानले गरे आत्मह’त्या प्रयास
समाचार

प्रभासको ‘राधेश्याम’: १८ वर्ष लगाएर लेखियो फिल्मको कन्क्लुजन, अपडेट नपाउँदा फ्यानले गरे आत्मह’त्या प्रयास

एजेन्सी।

 

विज्ञापन

बाहुबली स्टार प्रभासको नयाँ फिल्म ‘राधेश्याम’ भोलि ११ मार्चमा रिलिज हुँदैछ। बाहुबलीको फेमले अझै पनि चर्चामै रहेका प्रभासको यो त्यसयताको दोस्रो फिल्म हो।

विज्ञापन

 

यसअघि उनले ‘साहो’ चलचित्रमा काम गरिसकेका छन्। राधेश्याम भने अलि फरक छ। फरक यसर्थमा कि यो फिल्मको कन्क्लुजन लेख्न १८ वर्ष लाग्यो।

साइन्स फिक्सन पिरियड ड्रामा जनराको फिल्मको बजेट पनि तीन सय ५० करोड भारु छ। फिल्ममा एड्भान्स भीएफएक्स प्रयोग भएको छ। त्यसको लागि मात्र निर्माताले ६० करोड भारु छुट्याए। र १२ वटा देशमा यसको भीएफएक्सको काम भयो।

यो फिल्मको प्रस्ताव भने प्रभासलाई बाहुबलीकै सुटिङको दौरान आएको थियो। उनले त्यति नै बेला स्क्रिप्ट पढेर चलचित्रमा काम गर्ने बताएका थिए।

यो फिल्मलाई सुरुमा चन्द्रशेखर येलेतीले आफ्नो असिस्टेन्ट राधाकृष्ण कुमारसँग मिलेर लेख्न सुरु गरेका थिए। तर थुप्रै वर्षसम्म पनि चन्द्रशेखरले फिल्मलाई एउटा टुंगोमा पुर्‍याउन नसकेपछि उनले लेख्नै छोडिदिएका थिए।

अन्ततः राधाकृष्णले नै १८ वर्ष लगाएर फिल्मको सन्तोषजनक कन्क्लुजन लेखेका हुन्। निर्देशन पनि उनैले गरेका छन्। फिल्ममा प्रभासको अपोजिटमा पूजा हेगडे देखिँदैछिन्।

फिल्मलाई गत वर्ष नै रिलिज गर्ने निर्माताहरूको तयारी भए पनि महामारीका कारण सम्भव भएको थिएन। त्यति नै बेला एक फ्यानले फिल्म सम्बन्धी कुनै अपडेट नआएको भन्दै आ’त्मह’त्या गर्न प्रयास गरेका थिए। पछि उनलाई बचाइएको थियो।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस