बुधबार, कार्तिक १२, २०८२
  • होमपेज
  • समाचार
  • कांग्रेस-एमाले बोरामा पैसा बोकेर चुनावमा जान्छन्, एक नम्बरमा मलाई हराउँछन् : झलनाथ खनाल
समाचार

कांग्रेस-एमाले बोरामा पैसा बोकेर चुनावमा जान्छन्, एक नम्बरमा मलाई हराउँछन् : झलनाथ खनाल

काठमाडौं।  नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले आउँदो चुनावमा नेपाली कांग्रेस र नेकपा एमाले बोरामा पैसा बोकेर चुनावमा जाने दाबी गरेका छन्। उनीहरुको चरित्रै त्यस्तै भएको र यसअघि जितेका क्षेत्रमा पनि पैसाकै धाकमा जितेको उनको दाबी थियो।

 

विज्ञापन

‘कांग्रेसले चुनावमा बोरामा पैसा बोकेर जान्छ। उसको चरित्र त्यस्तै हो। हामी सबै जितेर आएका छौं भनिराछन् नि, त्यो सबै धाक पैसाको हो,’ नेकपा एसको इलाम-काठमाडौं जनसम्पर्कको राजधानीमा आयोजित कार्यक्रममा उनले भने।

विज्ञापन

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अरु नेताहरु पनि बोरामै पैसा बोकेर निर्वाचन जाने बताए। ‘आउँदो चुनावमा अरु पनि बोरामा पैसा बोकेर जान्छन्, केपी ओली पनि पैसा बोकेर निर्वाचनमा जान्छन्,’ उनले भने।

उनले इलामबाट आफूलाई हराउन कांग्रेस र एमालेको बैठक नै बसेको दाबी गरे। ‘एकदिन कांग्रेस नेताहरुको बैठक बस्यो। बैठकमा कसलाई हराउने भन्दा एक नम्बरमा झलनाथ खनाललाई हराउने। अर्को एकदिन एमालेको पनि बैठक बस्यो। त्यहाँ पनि इलाम क्षेत्र १ बाट मलाई हराउने सल्लाह भयो,’ उनले भने।

उनले चुनावी तालमेल नेतृत्वको चाहनाअनुसार हुने बताए। ‘कतिपय साथीहरुले एकताबद्ध भएरै चुनावसम्म जाने भन्नुभएको छ। तर नेतृत्वले जे भन्छ त्यही हुने हो। सम्भव भएको ठाउँमा एक्लै जाने हो,’ उनले भने।
गठबन्धन बनाउँदा धेरै सिट जित्नेगरी बनाउनु्पर्ने उनको धारणा थियो। ‘कतिपय ठाउँमा एकता गरेर बढी सिट जित्नेगरी अघि बढ्नुपर्छ। सिट जित्ने कुरालाई महत्वका साथ लैजानुपर्छ,’ उनले भने।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस