पछिल्लो समय पटक पटक एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी सदावहार अभिनेत्री करिश्मा मानन्धरले अन्ततः यसै विहीबार नेकपा एमाले प्रवेशको निर्णय लिएकी छन् ।
राजनीतिमा आफ्नो झुकाव रहेको र राजनीतिमा लाग्ने यो सही समय भएको बताउने नायिका मानन्धर राजनीतिका लागि कुनै न कुनै पार्टी चाहिने भएकोले एमाले रोजेको बताउँछिन् । यसअघि उनी डा बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा सक्रिय थिइन् ।
विज्ञापन
केही समयको राजनीतिपछि सो पार्टीबाट अलग भएकी उनी हाल आएर फेरि राजनीति गर्ने भन्दै एमाले प्रवेशको निर्णयमा पुगेकी हुन् । उनलाई एक कार्यक्रम सहित पार्टी प्रवेश गराउने एमालेले तयारी गरेको छ ।
विज्ञापन
केपी शर्मा ओलीको व्यक्तित्वबाट म धेरै प्रभावित छु । मैले धेरै राजनीतिक व्यक्तित्वहरुको संगत गरेकी छु । राजनीतिमा लागेको मानिस सिरियस हुनुपर्छ, जेन्यून हुनुपर्छ भन्ने कुरो आफ्नो ठाउँमा रह्यो । ओली सबै कुरो बुझेको, व्यावहारिक, हरेक वर्ग, हरेक उमेर समूहका मानिससँग मिल्न सक्ने, हरेक विषयको ज्ञान राख्ने र कलाकारलाई पनि राम्रोसँग बुझेको ब्यक्ति हुनुहुन्छ । उहाँसँग केही अगाडि मेरो लामो भेट भएको थियो । त्यो समय कुरा गर्दा मैले उहाँलाई मेरो क्षेत्रको बिषयमा धेरै थाहा भएको पाएँ । म अहिले ढिलो अध्ययन गर्दैछु । म ढिलो पढ्ने लगायत अन्य विषयको बारेमा पनि उहाँलाई धेरै थाहा रहेछ । हरेक बिषयमा जानकारी राख्ने व्यक्तित्व भएको कारणले पनि म उहाँप्रति प्रभावित भएँ ।
फेसबुक प्रतिक्रियाहरु