सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • सरकारले अहिलेको महंगी नियन्त्रण गर्न सक्दैन : मन्त्री झाँक्री
समाचार

सरकारले अहिलेको महंगी नियन्त्रण गर्न सक्दैन : मन्त्री झाँक्री

काठमाडौं। सहरी विकासमन्त्री रामकुमार झाँक्रीले अहिले महंगी आफूहरूको नियन्त्रण बाहिर रहेको बताएकी छन्। नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारण सभामा उनले विश्व बजारमा आएको अर्थतन्त्र मन्दीका कारण महंगी नियन्त्रण नेपालको हातमा मात्र नरहेको बताएकी हुन्।

रुस र युक्रेनबीच चलिरहेको ल’डा’ईंका कारण मूल्यवृद्धिको प्रभाव देखिएको बताउँदै उनले यसको नियन्त्रण सरकारको हातमा नरहेको जिकिर गरिन्। विश्व बजारमा आएको आर्थिक मन्दीका कारण नेपाली अर्थतन्त्रमा चाप बढ्दा महँगी वृद्धि भएको उनले बताइन्।

विज्ञापन

‘आजको महंगी हाम्रो नियन्त्रणमा छैन। आज विश्व बजारमा आएको अर्थतन्त्रको मन्दी चैँ सायद रसिया-युक्रेनको युद्ध मात्र छैन। खाडी मुलुकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनु र भारतीय मुद्राको अवमूल्यन हुनु र त्यसको प्रभावमा नेपालले डलरको मूल्य अत्यधिक तिर्नु पर्ने चापको कारणले महंगी बढेको हो,’ उनले भने।

विज्ञापन

अहिलेको सरकार निर्वाचन सम्पन्न गर्ने दायित्व बोकेर आएको बताउँदै उनले सम्झौता गरेका योजनाहरू समयमै सम्पन्न गर्न निर्माण व्यवसायीहरूलाई आग्रह गरिन्। ‘यो सरकार निर्वाचन गर्ने दायित्व बोकेर आएको हो। हामीसँग असीमित समय छैन। त्यसकारण आज चालु भएका आयोजनाहरू समयमा सकिउन्, टाइमको र कष्टको ओभर रन नहोस् भन्ने कुराका लागि ज्यादै संवेदनशील छौं,’ उनले भनिन्, ‘हाम्रो नियन्त्रणभन्दा बाहिर रहेका माग राखेर निर्माण व्यवसायी मित्रहरूले ‘होलिडे’ मनाउने कुरा गर्नु हुँदैन।’

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस