काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिलाहरूमा नेतृत्व विकास गर्ने चुनौति रहेको बताएकी छन् ।
महिला सुरक्षा दबाब समूहले ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजित राजनीतिक पार्टीहरुमा महिला नेतृत्व, सम्भावना र चुनौति विषयक अन्र्तक्रियामा बोल्दै मन्त्री झाँक्रीले महिलाहरु गुनासो गर्ने युगबाट दायित्व निर्वाह गर्ने ठाउँमा आइपुगेको बताइन्।
विज्ञापन
महिलाहरुले राजनीतिक रुपमा र राज्यको विभिन्न क्षेत्रमा अवसरहरु पाएको उल्लेख गर्दै उनले अब महिलाहरुमा नेतृत्व विकासको चुनौती रहेको बताइन्। महिलाहरुले आ-आफ्नो ठाउँबाट कुशलतापूर्वक जिम्मेवारी बहन गरेर देखाउनुपर्ने उनको भनाइ छ।
विज्ञापन
मन्त्री झाँक्रीले अब महिला सहभागिताको कुरा मात्र नगरी क्वालिटीमा नेतृत्व दिनेकुरा महत्वपूर्ण भएको बताइन् । महिलाहरु राजनीतिको मुल प्रवाहमा आइसकेको उल्लेख गर्दै उनले अब कसैले रोक्न नसक्ने पनि बबताइन्।
फेसबुक प्रतिक्रियाहरु