चितवन।
विज्ञापन
चितवनको भरतपुर महानगरपालिका–६ जयनेपालचोकमा बिहीबार राति ट्रयाक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा भरतपुर महानगरपालिका १४ राधापुर घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी नायव निरिक्षक अर्जुन पौडेल रहेका छन् । पौडेलको घटनास्थलमै मृ’त्यु भएको हो ।
विज्ञापन
बिहीबार राति ९ बजे महेन्द्रचोकबाट चोक बजारतर्फ जाँदै गरेको ना ४ त ८८२९ नम्बरको ट्रयाक्टरले विपरित दिशाबाट आइरहेको ना १६ प ३१५ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिएको थियो । मोटरसाइकल पौडेलले चलाएका थिए ।
ट्रयाक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय गितानगरले नियन्त्रणमा लिएको छ ।
फेसबुक प्रतिक्रियाहरु