काठमाडौं । अभिनेता पल शाह एक १७ वर्षीया किशोरीलाई इच्छा विपरित क’र णी गरेको अभियोगमा हिरासतमा पुगेका छन् । उता उनकै अभिनय रहेको फिल्मवाट भने नायीका तथा निर्माता पुजा शर्मालाई भने ब्यापारीक रुपमा फाइदा भएको छ । पल शाह प्रहरीमा आत्मसमर्पण गर्न गएको २ दिन अघि मुलुकभरका हलमा यो फिल्म रिलिज भएको थियो । पल शाहको स्क्यान्डल बाहिर आयो, सबैभन्दा चिन्ता परेको ‘म यस्तो गीत गाउँछु २’ को चिन्तामा थियो ।
तर जब नायीका पुजा शर्माले पलको नाम लिँदै आँशुको ब्यापार पनि गर्न लागिन् अहिले भने परिणाम उल्टो भएको छ । उनी हल हलमा पलको नाममा आँशु झार्दै पुगेकी छन् । उनी पललाई भेट्न तनहुँ प्रहरी हिरासतमा पनि पुगेकी थिइन् ।
विज्ञापन
पुजाको यस्तो कृयाकलापले व्यापारिकरुपमा फाइदा भएको छ । पहिलो दिनबाटै राम्रो व्यापार गरेको चलचित्रले अहिले पनि देशभर उल्लेख्य संख्यामा दर्शक बटुलिरहेको छ । चलचित्रकी निर्मात्री तथा नायिका पुजा शर्माले एक हप्तामै चलचित्रले करिब पाँच करोडको व्यापार गरेको सार्वजनिक दावी गरेकी छन् ।
विज्ञापन
पुजाले आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेको विवरणअनुसार फिल्मले पहिलो हप्ता ४ करोड ९५ लाखको कलेक्सन गरेको हो । यदि यो दाबी सत्य हो भने करिब अढाइ करोडको बजेटमा बनेको फिल्मले पहिलो हप्तामै लगानी लगभग उठाइसकेको छ । आगामी दिनको व्यापारले फिल्मको मुनाफा सुनिश्चित गर्नेछ ।
सुदर्शन थापा निर्देशित यो चलचित्रमा पल शाह र पुजा शर्माले मूख्य भूमिका निभाएका छन् । फिल्ममा पलको जे भुमिका छ वास्तविक जिवनमा पनि त्यस्तै भइरहेको भन्दै अहिले फिल्मको प्रचार थालिएको छ । चलचित्रको प्रिमियरकै दिनमा प्रहरीमा उनीविरुद्ध जाहेरी परेको थियो । जाहेरी परेको केही दिनमा उनले आफैं जिप्रका तनहुँ पुगेर गिरफ्तारी दिएका थिए ।
पल गिरफ्तार भएसँगै फ्यानहरुको सहानुभूति उनीप्रति वर्षिएको छ । यसको फाइदा ‘म यस्तो गीत गाउँछु’ लाई भएको हो । पल प’क्राउ प्रकरणका कारण फिल्मले सेल्फ पब्लिसिटीसमेत पाएको छ । नायिका पुजा शर्मा पलको तस्बिर भएको टि सर्ट लगाएर पललाई सम्झीँदै आँशु झार्दै गरिरहेकी छन् ।
फेसबुक प्रतिक्रियाहरु