आइतवार, चैत्र २, २०८१
  • होमपेज
  • समाचार
  • न्याय पाउने अपेक्षामा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह
समाचार

न्याय पाउने अपेक्षामा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह

काठमाडौं ।

नाबालिका गायिकालाई क’र’णी गरेको आरोपमा प’क्राउ परेका कलाकार पल शाह अहिले दमौलीस्थित जिल्ला प्रहरी कार्यालय तनहुँको न्यायिक हिरासतमा छन्। फरार भएको चार दिनपछि आफैं प्रहरी सम्पर्कमा पुगेका शाहलाई आइतबार दिउँसो तीन बजेदेखि अदालतबाट सात दिनको म्याद थपेर हिरासतमा राखिएको छ।

विज्ञापन

प्रहरी हिरासतमा बसेर न्याय पाउने अपेक्षामा छन् अभिनेता पल शाह । पलविरुद्ध एक नाबालिक गायिकाले दिएको उजुरीसँगै अहिले प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान सुरु गरेको छ । तनहुँ जिल्ला अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि अहिले प्रहरीले सो प्रकरणमा अनुसन्धान जारी राखेका बेला त्यसलाई प्रभावित पार्ने खालका गतिविधि भइरहेका छन् ।

विज्ञापन

यसैबिच सैयौँको संख्यामा जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका युट्युबर र कथित अधिकारकर्मीहरुले अनुसनधानलाई प्रभावित पार्ने काम गरिरहेका छन् । यसैबिच आफ्नो फिल्म चलाएर नायिका पूजा शर्मा पनि यतिबेला तनहुँ पुगेकी छिन् ।

पल शाहको नाममा दर्शकलाई ‘इमोशनल कार्ड’ फ्याकेर फिल्म ‘म यस्तो गीत गाउँछु २’ चलाउन दौडधुपमा रहेकी पूजा पल शाहको फोटो अंकित टिसर्ट लगाएर रुँदै९कराउँदै हल – हलमा पुग्छिन् त कहिले पलविना आफू अधुरो रहेको भन्दै दर्शकलाई ‘इमोसनल ब्ल्याकमेलिङ’ गरिरहेकी छिन् ।

उनले पललाई हतगडी लगाएको भन्दै रोएको दृश्यहरु पनि भाइरल बनेका छन् । पूजाले अभियुक्त पलको पक्षमा बयान दिँदै पलले कपडा च्या’तिदिने, ज’बर्ज’स्ती गरेको जस्तो मलाई लाग्दैन । किनकि, पल त्यस्तो क्यारेक्टरको मान्छे होइन ।’ भन्ने लगायतका अभिव्यक्ति दिएपछि उनी थप विबादमा तानिउकी छिन् । उनले पलमाथि लागेको आरोपपछि आफूले कर णीको परिभाषा नै नबुझेको समेत उनले बताएकी छन् ।

आफ्नो हिरोको पक्षमा बोल्दै उनले दोषी सावित नभइ र कलाकार भएको नाताले हतकडी लगाउन नमिल्ने, हिरासतमै भएपनि फिल्म हेर्न दिनुपर्ने, पल र नाबालिगबीचको विवाद आफूले पनि मिलाउन खोजेको जस्ता अभिव्यक्तिले पूजा माथि एउटा सुसुचित समुह खनिएको छ । पललाई भेट्न हिरासतमा पुगेकी पूजाले त्यहाँ पनि फिल्मकै कुरा गरेको बताएकी थिइन् ।

‘कानुनको आँखामा कोही स्टार वा सेलिब्रेटी हुँदैन। हाम्रा लागि पल अभिनेता होइनन्, अभियुक्त हुन्। त्यसैले यहाँभित्र अरु थुनुवालाई जस्तो व्यवहार हुन्छ, उनलाई पनि त्यही गरिरहेका छौं।’ प्रहरीका अनुसार पल अरु थुनुवा राखिएकै हिरासतभित्र छन्, उनलाई कुनै अलग सुविधा प्रदान गरिएको छैन।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस