सोमवार, चैत्र ३, २०८१
  • होमपेज
  • समाचार
  • एमालेका मेयरकै प्रत्सायी र शैक्षिकहस्ती नै माओवादीमा प्रवेश
समाचार

एमालेका मेयरकै प्रत्सायी र शैक्षिकहस्ती नै माओवादीमा प्रवेश

काठमाडौं । नेकपा एमाले बाराका दुई जना जिल्ला तहका नेता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
बाराकाे आदर्श काेतवाल गाउपालिकाका मेयरका प्रत्यासी एव् नेकपा एमाले जिल्ला कमिटी सदस्य लालबाबु प्रसाद यादब, पुर्व जिल्ला सदस्य केदार प्रसाद गौतम माओवादी केन्द्र प्रवेश गरेका हुन्

खुमलटारमा आयाेजित पार्टी प्रवेश कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका छन् ।

विज्ञापन

शैक्षिक हस्ती माओवादीमा
माओवादीमा प्रवेश गरेका गाैतम बाराका शैक्षिक हस्ति हुन् । उनी सामुदायिक विद्यालय व्यवस्थापन समिती माहासंघ केन्द्रीय सदस्य एवंम मधेश प्रदेश ईन्चार्ज हुन् । बाराकाे निजगढस्थित गाैरीशंकर माध्यमिक विद्यालयका पुर्व शिक्षक तथा व्यवस्थापन समिति अध्यक्ष हुन् । विद्यालयमा प्राविधिक शिक्षा, विज्ञान संकाय र प्रस्तावित नमुना विद्यालयकाे लागि अध्यक्ष गाैतमकाे नेतृत्वमा भएकाे हाे ।

विज्ञापन

त्यस्तै एमाले निजगढ नगर कमिटी सदस्य मोहन दुरुङ च्याङ (डिसी) पनि माओवादी प्रवेश गरेका छन् । उनी निजगढ-९ याेजनास्थित नेत्रोदय मावी व्यवस्थापन समितीका अध्यक्ष हुन् । विद्यालयकाे स्तर बृद्विमा उनकाे भूमिका महत्त्वपूर्ण छ ।

त्यस्तै निजगढ ९ स्थित जनज्योती आधारभुत विद्यालय अभिवावक शिक्षक संघका अध्यक्ष रमेश गौतम पनि माओवादीमा प्रवेश गरेका छन् । उनी एमालेका स्थानीय नेता हुन् ।

निजगढका चर्चित युवा श्याम साह पनि माओवादी प्रवेश गरेका छन् । उनी राष्ट्रिय युवा परिषद मधेश प्रदेश संजाल संयोजक हुन् । रेडियो कार्यक्रम प्रस्ताेता तथा क्लबमार्फत समाजिक कार्यमा समेत सक्रिय छन् । उनी कानुनका विद्यार्थी हुन् ।

जसपाका मजदुर नेता माओवादीमा
जनता समाजवादी पार्टी निकट मजदुर नेताहरु पनि माओवादीमा प्रवेश गरेका छन् ।
गलैंचा श्रमिक संघका केन्द्रीय सहसचिव बुद्ध थिङ, केन्द्रीय सदस्य किरण लामा, श्रमिक
बाबु थिङ पार्टी प्रवेश गरेका हुन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा बारा जिल्ला ईन्चार्ज डा.गाेपाल ठाकुर, केन्द्रीय सदस्य तथा पुर्वमन्त्री अजय शंकर नायक, मधेस प्रदेश कमिटी सदस्य तथा बारा जिल्ला संयाेजक क्षेत्रबहादुर श्रेष्ठ अनिल, प्रदेश कमिटी सदस्य राजन पाैडेल, वाइसियल केन्द्रीय एव् जिल्ला ईन्चार्ज देवनारायण साह, निजगढ नगर कमिटी सदस्य सन्ताेष दंगाल, सचिव रमेश अर्याल, आदर्शगाउँपालिका गाउँ कमिटी सचिव माे. इस्लाम अन्सारी, बारा-काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष विनाेद कृष्ण पाण्डे, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य महेश्वर अधिकारी लगायतकाे उपस्थिति रहेकाे कार्यक्रमको सहजिकरण प्रदेश कमिटी सदस्य रविराज दंगालले गरेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस