काठमाडौं । मंगलबार महाशिवरात्रि पर्व । शिवरात्रिलाई लक्षित गर्दै विगतदेखि नै नेपाली कलाकारहरुले शिवको अवतारमा फोटोसुट गराउँदै आएका छन् ।
विशेषगरी शिवरात्रिमा पुरुष कलाकारहरुले आफूलाई बढी शिवको अवतारमा फोटोसुट गराउने गरेका छन् । यद्यपि, केही महिला कलाकारले पनि शिवको अवतारमा फोटोसुट गराउँदै आएका छन् ।
विज्ञापन
विज्ञापन
अभिनेत्री वर्षा सिवाकोटी, मोडल ऋचा थापा, विना राउत, पुष्पा रायमाझी, गायिका सरिता भारती लगायतले शिवको अवतारमा खिचाएका आफ्नो तस्वीर फेसबुकमा पोस्ट गरेका छन् ।
अभिनेत्री वर्षा सिवाकोटीले ‘महाशिवरात्रिको हार्दिक शुभकामना’ लेख्दै फेसबुकमा शिव अवतारका तीन तस्वीर सेयर गरेकी छन् । वर्षा म्युजिक भिडियो र चलचित्रमा सक्रिय अभिनेत्री हुन् । ‘नाइँ नभन्नु ल २’बाट अभिनेत्रीका रुपमा चलचित्रमा भित्रिएकी उनका ‘लक्का जवान’, ‘परदेशी २’ लगायतका चलचित्र प्रदर्शनको तयारीमा छन् ।
यता, मोडल विना राउतले मंगलबार गेरु वस्त्र लगाएका दुई तस्वीर फेसबुकमा पोस्ट गरेकी छन् । टिकटकबाट दर्शकको मन जितेकी विना पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त मोडलमध्येमा पर्छिन् ।
ऋचा थापा तीन दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी मोडल हुन् । उनले ‘लभ यू हमेशा’ नामक चलचित्रमा समेत अभिनेत्रीको रुपमा अभिनय गरिसकेकी छन् । यता मोडलिङमा रहर राख्दै आएकी पेशाले बैंकर रहेकी पुष्पा रायमाझीले शिवरात्रीको पूर्वसन्ध्यामा सोमबार साँझ रुद्धाक्षको माला पहिरिएको तस्वीर फेसबुकमा शेयर गरेकी छिन् । उनले गायक सत्यराज आचार्यले गाएको ‘भरोसाको दियो’ बोलको गीतको म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन् । जुन भिडियो गतवर्ष सार्वजनिक भएको थियो । त्यस्तै दर्जन बढी गीतमा स्वर दिईसकेकी सरिता भारतीले समेत शिवरात्रिको अवसर पारेर शिव अवतारमा फोटोसुट गराएकी छिन् ।
तस्वीर : सम्बन्धित कलाकारको फेसबुकबाट
फेसबुक प्रतिक्रियाहरु