नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसको राजनीति प्रतिशोधपूर्ण हुन नहुने बताए । उनले अहिलेको गठबन्धन सरकार ढाल्न खोजेको नभई सुरुमै बन्न नदिन प्रयास गरेको बताए । उनले काँग्रेसलाई हिजो कसैले लोकन्द्र बहादुर चन्द बोक्ने, कसैले सूर्यबहादुर थापा बोक्ने, कहिले छोरी बोक्ने, कहिले बाउ बोक्ने जस्तो राजनीति नगर्न सुझाव दिए ।
विज्ञापन
उनले भने–‘यो सरकार बन्नै हुँदैनथ्यो लोकतन्त्रका लागि दुर्भाग्य हो । यो संविधानको उल्लङ्घन हो । हामीले लोकतन्त्रको आधारभूत मूल्य मान्यता र प्रणालीको रक्षाका लागि संविधानको रक्षाका लागि या मूलभूत रूपमा सहमति समझदारीका लोकतन्त्रका लागि बलिदान गरेर आएका काँग्रेस र एमालेबीच आधारभूत समझदारी हुनुपर्छ भनेर हामीले भनेका हौँ । कहिले कसको रिसको कहिले कसको रिसको प्रतिशोधका रूपमा काम गरियो । एमाले गठबन्धनको जस्तो राजनीति गर्दैन हामी लोकतन्त्रको पक्षमा राजनीति गर्छौँ ।’ उनले सभामुखले राजीनामा नदिए महाभियोग ल्याउन सक्ने पनि बताएका छन् । एमालेले सभामुखको राजीनामा पर्खिएको र ससम्मान हट्न आग्रह गरेको बताए ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु