शनिबार, चैत्र १, २०८१
  • होमपेज
  • समाचार
  • केहेबेर अघि पल शाह भए सार्वजनिक, मेरो अन्तिम इच्छा यस्तो छ भन्दै बने भावुक (भिडियो सहित)
समाचार

केहेबेर अघि पल शाह भए सार्वजनिक, मेरो अन्तिम इच्छा यस्तो छ भन्दै बने भावुक (भिडियो सहित)

काठमाडौं ।

कर’ ‘णीको अभियोग लागेका अभिनेता पल शाहले आ’त्म’स’म’र्प’ण गर्ने भएका छन् । शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका हुन् ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर उनी फ’रार भएका थिए ।

विज्ञापन

आफू बिरामी रहेको र घर व्यवहार मिलाउँदा तथा शुक्रबारबाट रिलिज भएको आफ्नो चलचित्रलाई असर नपरोस् भनेर प्रहरीसमक्ष उपस्थित हुन नसकेको भन्दै क्षमा याचना गरेका शाहले आइतबार प्रहरीसमक्ष उपस्थित हुने बताएका हुन् ।

आइतबार आधिकारिक आफ्नो फेसबुक पेजमा शाहले लेखेका छन्, ‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गीत गाउँछु २’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’

उनले आफ्नो एउटा इच्छ भएको पनि बताएका छन् । उनले मिले सम्म एकपटक सबै मेरो टिम र मेरा शुभचिन्तकसंग बसेर चलचित्र हेर्ने इच्छा ब्याक्त गरेका छन् । उनले केहीबेर अघि आफ्नै च्यानलमा सार्वजनिक गरेको भिडियोमा भावुक हुँदै यसो भनेका छन् ।

भिडियो :

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस