चितवन । मुक्त्तिनाथ कृषि कम्पनीले जैविक मल र विषादी सार्वजनिक गरेको छ । आज (शुक्रबार) बाट चितवनमा सुरु भएको कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनीमार्फत मुक्तिनाथले जैविक मल र बिषादी सार्वजनिक गरेको हो ।
प्रर्दशनीका प्रमुख अतिथि बागमती प्रदेश कृषि मन्त्रि बसुन्धरा हुमागाईले उक्त जैविक मल र विषादी सार्वजनिक गरेका हुन् । कृषिमा प्राङ्गरिक खेती अभियानका लागि उक्त जैविक मल र विषादी उपयोगी हुने मुक्तिनाथ कृषि कम्पनीका नायव महाप्रवन्धक रामशरण तिमल्सिनाले बताए ।
विज्ञापन
ईलमी एग्रोटेकले नेपालमा नै उत्पादन गरेको मल तथा विषादीको आजबाट बजारिकरण सुरु गरिएको तिमल्सिनाले बताए । ईलमीसँगको सहकार्यमा सात प्रकारका मल तथा विषादीको नेपालभर बजारिकरण सुरु गरिएको उनले बताए ।
विज्ञापन
उक्त विषादीलाई कम्पोस्ट मलसँग मिलाएर कुनै पनि बालीका लागि प्रयोग गर्न सकिने उनले जानकारी दिए । यसको प्रयोगले उत्पादन बढाउन मद्त मिल्ने समेत उनले जानकारी दिए । यसले विस्तारै युरियालाई विस्थापित गर्न सकिने उनको भनाइ छ ।
मुक्तिनाथले कृषिसँग सम्बन्धित मल, बिउ, बिषादी, औजार तथा किसानले उत्पादन गरेको खाद्यान्नको बजारिकरण गर्दै आएको छ । आजबाट सुरु भएको कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनीको हल ‘ए’ को ‘ए३५’ मा मुक्तिनाथको स्टल रहेको छ । मुक्त्तिनाथ कृषि कम्पनी नेपालको कृषि अर्थतन्त्रलाई बलियो बनाउने उद्धेश्यका साथ २०७५ सालमा स्थापना भएको थियो ।
फेसबुक प्रतिक्रियाहरु