आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • अदालतबाट पलविरुद्ध प’क्राउ पुर्जी जारीे, प्रहरी भन्छ– खोज्दै छौँ
समाचार

अदालतबाट पलविरुद्ध प’क्राउ पुर्जी जारीे, प्रहरी भन्छ– खोज्दै छौँ

काठमाडौं । नेपाली चलचित्रका नायक पल शाहविरुद्ध जिल्ला अदालत तनहुँबाट प’क्राउ पुर्जी जारी भएको छ । एक गायिकाले तनहुँ प्रहरीमा पलविरुद्ध जबर्जस्ती क’रणी मुद्दामा उजुरी दर्ता गराएपछि अदालतबाट हिजो (बुधबार) नै प’क्राउ पुर्जी जारी भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहँुका प्रमुख एसपी राजेन्द्रबाबु रेग्मीले पलको खोजी जारी रहेको बताए । उनले भने, “सम्पर्कमा छैनन्, हामी खोज्दै छौँ ।”

विज्ञापन

 

विज्ञापन

 

 

ती गायिकाले आफन्तसँगै पुगेर बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन् ।

यसअघि, उनीहरू कास्की प्रहरीमा उजुरी दिन पुगेका थिए । तर, जबर्जस्ती करणीको घटना तनहुँमा भएको भन्दै कास्की प्रहरीले उजुरी लिन अस्वीकार गरेको थियो । त्यसपछि कास्की प्रहरीकै सल्लाहमा उनीहरूले तनहुँ प्रहरीमा उजुरी दिएका हुन् ।

उजुरीमा आफू नाबालिग रहेका बेला जबर्जस्ती क’रणी गरेको दाबी गरिएको छ ।

प्रहरी स्रोतका अनुसार पलको खोजीका लागि काठमाडौं प्रहरीसँग समन्वय गर्ने तयारी छ । पल काठमाडौंमा बस्दै आएका छन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस