काठमाडौं । नेपाली चलचित्रका नायक पल शाहविरुद्ध जिल्ला अदालत तनहुँबाट प’क्राउ पुर्जी जारी भएको छ । एक गायिकाले तनहुँ प्रहरीमा पलविरुद्ध जबर्जस्ती क’रणी मुद्दामा उजुरी दर्ता गराएपछि अदालतबाट हिजो (बुधबार) नै प’क्राउ पुर्जी जारी भएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहँुका प्रमुख एसपी राजेन्द्रबाबु रेग्मीले पलको खोजी जारी रहेको बताए । उनले भने, “सम्पर्कमा छैनन्, हामी खोज्दै छौँ ।”
विज्ञापन
विज्ञापन
ती गायिकाले आफन्तसँगै पुगेर बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन् ।
यसअघि, उनीहरू कास्की प्रहरीमा उजुरी दिन पुगेका थिए । तर, जबर्जस्ती करणीको घटना तनहुँमा भएको भन्दै कास्की प्रहरीले उजुरी लिन अस्वीकार गरेको थियो । त्यसपछि कास्की प्रहरीकै सल्लाहमा उनीहरूले तनहुँ प्रहरीमा उजुरी दिएका हुन् ।
उजुरीमा आफू नाबालिग रहेका बेला जबर्जस्ती क’रणी गरेको दाबी गरिएको छ ।
प्रहरी स्रोतका अनुसार पलको खोजीका लागि काठमाडौं प्रहरीसँग समन्वय गर्ने तयारी छ । पल काठमाडौंमा बस्दै आएका छन् ।
फेसबुक प्रतिक्रियाहरु