शनिबार, साउन १२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • चार बोतल वाइन पिएर प्रेमिकासँग रोमान्टिक डिनर, १८ हजारको बिल आएपछि फरार
अन्तर्राष्ट्रिय

चार बोतल वाइन पिएर प्रेमिकासँग रोमान्टिक डिनर, १८ हजारको बिल आएपछि फरार

नयाँ दिल्ली डेटमा गएको एकजोडीले १८ हजारको बिल तिर्नुपर्ने भएपछि फरार भएको घटना बाहिरिएकोछ।बेलायतको नर्थ योर्कशायरमा भ्यालेन्टाइन डेमा सो जोडी पबमा रोमान्टिक डेटमा गएकोथियो।दुवैजनाले खाना खाएको र मदिरा पिएको समेत गरी करिब १८ हजार रुपैयाँको बीलआयो।आफैले खाएको खानाको बिल तिर्नुको सट्टा उनीहरु पैसा नदिएर

भागे । त्यसपछि रेस्टुरेन्ट मालिकले फेसबुकको मद्दत लिएर जोडिको बिल सार्वजनिक गरिदियो।उनीहरुले रोमान्टिक डेटको लागि टेबल बुक गरेका थिए। तर बिल भने तिरेनन्।
पछि पबले बील तोकिएको समयमा बुझाउन पनि निर्देशन दियो । यो जानकारी प्रहरीलाई पनि दिइएको छ। योसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पब मालिकसँग यस जोडीको सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेका समेत छन् । ‘द मिल’ नामक पबले यो जोडीको बिल सार्वजनिक गरेको हो । उनीहरुले थाइ ग्रीन करी, ४ वटा वाइन र अन्य सामान लिएका थिए । तर, उक्त बिलमा नाम भने थिएन । पछि पबको तर्फबाट यो बिल १६ फेब्रुअरीमा एक महिलाले तिरिदिएको बताएको थियो । ती महिला युवककै प्रेमिका भएको अनुमान गरिएको छ । सोही क्रममा पबका कर्मचारीले पनि सम्बन्धित व्यक्तिलाई सम्पर्क गरेको बताइएको छ । तर, ती व्यक्तिले आफूसँग पैसा र तलब नभएको जवाफ दिएका थिए।

विज्ञापन

मतदाता नामावलीमा नाम भए, नभएको कसरी हेर्ने ? (तरिकासहित)
काठमाडौं : सरकारले सोमबार स्थानीय तहको चुनाव वैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरेको छ। जनताले पहिलो पटक पाँच वर्षअघि स्थानीय सरकार पाएका हुन्। सिंहदरबारमा केन्द्रित अधिकार गाउँघरमै पुगेको छ। स्थानीय तहले छोटै समयमा संघीयता संरचनाको आभाष दिलाएका छन्। अधिकारहरू विकेन्द्रीकृत रूपमा प्रत्यायोजन भएका छन्।

विज्ञापन

सोमबार निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले मंगलबारदेखि नयाँ मतदाता नामावली संकलन गर्न बन्द गरिसकेको छ। यसले गर्दा आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा तपाईंले भोट दिन पाउनुहुन्छ कि हुन्न ? मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन? यसरी हेर्न सकिन्छ।

यसरी हेर्नुहोस् आफ्नो नाम छ/ छैन ?

१. सबैभन्दा पहिले तपाई निर्वाचन आयोगको वेवसाइट ( https://election.gov.np/np/page/voter-list ) मा क्लिक गर्नुहोस्।

२. त्यसपछि टेबलमा तपाईंको प्रदेश, जिल्ला, आफू बस्ने गाउँपालिका वा नगरपालिकाको नाम छान्नुहोस्।

३. त्यसपछि तपाईंले तल्लो टेबलमा वडा नम्बर र आफूले मतदान गर्ने केन्द्र पनि छनोट गर्नुहोस् ।

सोमबार निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले मंगलबारदेखि नयाँ मतदाता नामावली संकलन गर्न बन्द गरिसकेको छ। यसले गर्दा आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा तपाईंले भोट दिन पाउनुहुन्छ कि हुन्न ? मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन? यसरी हेर्न सकिन्छ।

यसरी हेर्नुहोस् आफ्नो नाम छ/ छैन ?

१. सबैभन्दा पहिले तपाई निर्वाचन आयोगको वेवसाइट(https://election.gov.np/np/page/voter-list) मा क्लिक गर्नुहोस्।

२. त्यसपछि टेबलमा तपाईंको प्रदेश, जिल्ला, आफू बस्ने गाउँपालिका वा नगरपालिकाको नाम छान्नुहोस्।

३. त्यसपछि तपाईंले तल्लो टेबलमा वडा नम्बर र आफूले मतदान गर्ने केन्द्र पनि छनोट गर्नुहोस् ।

५. यदि तपाईलाई आफ्नो फोटोसहितको पूरा विवरण हेर्ने चाहेमा आफ्नो नाम पछाडि रहेको मतदाता विवरणमा क्लिक गरेपछि आउने नयाँ टेबलमा आफ्नो जन्ममिति वा नागरिकता नम्बर राख्नुपर्छ। त्यससछि चित्रमा दिएको अक्षर खाली ठाउँमा जस्ताको तस्तै लेखेपछि तपाईंको पूर्ण विवरण देखाउँछ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस