शनिबार, साउन १२, २०८१
  • होमपेज
  • विचित्र संसार
  • अहिलेको राष्ट्रपति भवन अर्थात सितल निवास कसको हो थाहा छ ?
विचित्र संसार

अहिलेको राष्ट्रपति भवन अर्थात सितल निवास कसको हो थाहा छ ?

यो चित्र अधिराजकुमारी तारा राज्य लक्ष्मी राणा र उनका पति जनरल कृष्ण शम्शेर राणाको हो। विक्रम संवत् १९५८ सालमा जन्मेर २०३९ सालमा स्वर्गे भएकी अधिराजकुमारी तारा स्वर्गीय श्री ५ महाराजाधिराज त्रिभुवनकी जेठी दिदी हुन् । प्रधानमन्त्री चन्द्र शम्शेर राणाकि जेठी पत्नीपट्टिका कान्छा छोरा जनरल कृष्ण शम्शेर राणासंग उनको विवाह भएको थियो। कुनै समय जनरल कृष्ण शम्शेर बेलायतको लागि नेपालको राजदूत भएर पनि गएका थिए।

जनरल कृष्ण शम्शेर राणा र अधिराजकुमारी तारा आफ्नो उदारता र दानशीलताको निम्ति प्रख्यात थिए।आफ्नो परिवारसंग कुरा नमिलेपछि जनरल राणा भारतको बैंगलोरमा स्वनिर्वासित भएर बस्न गए । त्यही उनको निधन भयो । आफ्ना पतिको निधन पश्चात् अधिराजकुमारी ताराले बैंगलोरको आफ्नो सबै सम्पत्ति “अरविन्द आश्रम”लाई दान गरेर आफ्ना पतिले बसेर लेख्ने-पढ्ने गरेको सानो एउटा टेबिलमात्र सम्झना स्वरुप ल्याएर काठमाण्डु फर्केकी थिइन् ।

विज्ञापन

 

विज्ञापन

हाल राष्ट्रपति भवन रहेको शीतल निवास पनि पहिले उनकै थियो । विदेशी अतिथिको स्वागत सत्कारको निम्ति काममा प्रयोग गरियोस् भनी अधिराजकुमारी तारा र जनरल कृष्णले बैंगलोर जाँदा यो भवन सरकारलाई दान गरेर गएका थिए। यो भवन शाही अतिथिगृह र परराष्ट्र मन्त्रालय हुँदै हाल राष्ट्रपति भवनको रुपमा प्रयोग हुँदै छ।

काठमान्डुको बौद्धस्थित हयात रिजेन्सी होटेलको पुरानो भवन र त्यसले चर्चेको भूमि पनि कुनै समय अधिराजकुमारी ताराले नेपाल महिला संगठनलाई दान गरेर दिएकी थिइन्। २०४७ सालमा बहुदल आएपछि त्यो संगठन पनि भंग गरियो। सरकारको स्वामित्वमा पुगेको त्यो अचल सम्पत्ति पनि व्यापारीको हातमा पुग्यो र त्यसलाई होटेलमा परिणत गरियो ।

अचेलका मानिसहरु यति कृतघ्न छन् कि यी दानवीर दम्पतिहरुको नाम त के एउटा चित्र पनि न राष्ट्रपति भवनमा भेटिन्छ न नेपाल महिला संघमा । हयात रिजेन्सी होटेलमा भेटिने त झन् कुरै भएन । (रोचक खबरबाट)

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस