आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • देउवाले यू टर्न गर्ने संकेत, विकल्पमा ओलीसँग गठबन्धन
समाचार

देउवाले यू टर्न गर्ने संकेत, विकल्पमा ओलीसँग गठबन्धन

काठमाडौं। एमसीसीले गठबन्धनमा फेरि खटपट भएको छ । नेपाली काँग्रेसले एमसीसी टेबल गर्ने निर्णय गरेपनि नेकपा माओवादी केन्द्र फरक तरिकाले प्रस्तुत भएको छ ।

एमसीसीको विरोधमा माओवादीका जनवर्गीय संगठन सडकमा ओर्लिएका छन् । सत्ता गठबन्धनको नेतृत्वकर्ता काँग्रेस भने एमसीसी पारित गर्न हतारिएको छ ।

विज्ञापन

एमसीसी पारित गर्ने वातावरण विकास गर्न काँग्रेसले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउन तयार भएको खुलिसकेको छ । महाभियोगमा काँग्रेस विगत देखि नै रोक्किएको थियो । माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल महाभियोग लगाउन दबाब दिइरहेका थिए ।

विज्ञापन

महाभियोग लगाएपनि पारित हुने अवस्था छैन । तर, राजनीतिक लेनदेनका लागि देउवाले यस्तो कदम चाले । महाभियोगलाई चुनाव सार्ने षड्यन्त्रका रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिएका छन् ।

अब सबै विषय एमसीसीसँग जोडिएर आएको छ । एमसीसी पारित गर्न प्रचण्ड र माधव नेपाल तयार नहुने सम्भावना बढेको छ । यसले देउवा यू टर्न हुने सम्भावना विकास भइरहेको छ । देउवाले विभिन्न माध्यमले एमाले अध्यक्ष ओलीसँग संवाद गरिरहेका छन् ।

एमसीसी पारित गर्ने शर्तमा देउवा र ओलीबीच गठबन्धनको सम्भावना पनि छ । त्यतिबेला महाभियोगको अस्त्र अन्त सोज्जिन सक्छ । सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने प्रस्ताव संसदमा दर्ता हुनसक्छ । देउवाले एमसीसीका लागि त्यो कदम चाल्ने सम्भावना पनि छ । एमाले सभामुख हटाउन खोजिरहेको छ ।

गएराति जसपा नेता डा. बाबुराम भट्टराईले एमसीसीको विरोध गर्नेहरु सरकारमा बस्न नमिल्ने टिप्पणी गरेका छन् । उनको संंकेत प्रचण्ड र माधव नेपालतर्फ थियो । भट्टराईको भनाईलाई अर्थपूर्ण मानिएको छ । एमसीसीमा प्रचण्ड र माधव नेपाल विरोधी देखिएमा सत्ता गठबन्धन टुट्न सक्छ । त्यतिबेला देउवा र ओलीबीच नयाँ गठबन्धन विकास भई महाभियोगको अस्त्र जबराबाट अन्त सोज्जिन पुग्नसक्छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस