भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले ठुला दलका नेताहरु विदेशीका कर्मचारी सरह बन्न पुगेको टिप्पणी गर्नुभएको छ । चितवन क्षेत्र नम्बर १ ले खैरहनीमा आयोजित क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले केहि दिन यता विदेशीले हप्काउन सुरु गरेको बताउनुभयो । “ठुला पार्टीका नेताहरुलाई कर्मचारी सरह नियुक्त गरेर विदेशीले हप्काउन थालेका छन्”, उहाँले भन्नुभयो, “एमसीसी लिन सहकर्मी पार्टीले मानेका छैनन् भन्दै हिडेका छन् ।”
पूर्वमन्त्री पाण्डेले नेताहरुको अर्कमण्यताकै कारण देश बर्बाद हुने अवस्थामा पुगेको जिकिर गर्नुभयो । नेताहरुकै कारण एमसीसी लिदा पनि, नलिदा पनि संकट आउने वातावरण बनाएको आरोप लगाउनुभयो । कथित ठुला दलहरुलेनै एमसीसी लिदा पनि नलिदा पनि पछुताउनुपर्ने अवस्था बनाएर देशलाई विदेशीको इशारामा हिडाएको जिकिर गर्नुभयो ।
विज्ञापन
विज्ञापन
“७ प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद हटाउने हो भने ५५ अर्ब बढी आर्थिक भार घट्छ”, उहाँले भन्नुभयो, “जनताले पाल्नुपर्ने, तलब भत्ता दिनुपर्ने, गाडी सुविधा के का लागि भनेर जनताले प्रश्न गरेका छन् ।” उहाँले देशलाई संकटको भूमरीबाट राप्रपालेमात्रै निकाल्न सक्ने दाबी गर्नुभयो । “देशको सुखशानती, जातीय मेलमिलाप, धार्मिक एकता जस्ता काम गर्न अब राप्रपाको विकल्प छैन”, उहाँले भन्नुभयो, “अबका चुनावमा जनताले राप्रपा छान्नेछन्, देशलाई संकटको भूमरीबाट निकाल्नेछन् ।” उहाँले राप्रपामा युवाहरुको प्रवेशको लहरनै चलेको बताउनुभयो ।
“केन्द्रीय कार्यालयमा दिनहुँ मेला जस्तो छ, प्रवेश गर्नेहरुको लहर छ”, उहाँले भन्नुभयो, “चितवनमा पनि पार्टी प्रवेशको लहर आएको छ ।” सहमहामन्त्री एमसीसीको विरुद्धमा ¥याली गर्दैछ भातृसंगठनको । राप्रपा सहमहामन्त्री रिना गुरुङले राष्ट्रहित विपरितको एमसीसी सम्झौता ल्याएर देशलाई ठुलो संकटमा धकेल्ने काम हुन लागेकाले खबरदारी आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य हिक्मतजंग कार्की, पूर्व केन्द्रीय सदस्य रामहरी कँडेल, पूर्व कार्यसम्पादन सदस्य मधु अधिकारी, प्रदेश सदस्यहरु जानुजंग लामा, माधव भट्टराई, राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकाल, काठ्माण्डौ क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष ऋद्धि राणा लगायतको सहभागिता रहेको थियो । कार्यक्रम चितवन क्षेत्र नम्बर १ का अध्यक्ष बलराम खड्काको अध्यक्षतामा भएको हो ।
फेसबुक प्रतिक्रियाहरु