On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • यस्तै अवस्था रहे भारत र पाकिस्तानबीच कुनै दिन भिडन्त हुन्छ : इमरान खान
अन्तर्राष्ट्रिय

यस्तै अवस्था रहे भारत र पाकिस्तानबीच कुनै दिन भिडन्त हुन्छ : इमरान खान

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो मुलुक र भारतबीच कुनै दिन भिडन्त हुन सक्ने बताएका छन् ।

खानले अमेरिकी समाचार माध्यम सीएनएनको ‘ग्लोबल पब्लिक स्क्वायर’ कार्यक्रममा पत्रकार फरीद जकारियासँग बोल्दै हालको अवस्था जारी रहे भारत र पाकिस्तान कुनै दिन आमने-सामने हुन सक्ने बताएका हुन् ।

विज्ञापन

 

विज्ञापन

‘यदि परमाणु शक्ति सम्पन्न दुबै मुलुकमा यही अवस्था रह्यो भने कुनै दिन दुबै मुलुक आमने-सामने हुन सक्छन्’, खानले भने । पाकिस्तानले भारतसँग कुनै पनि अवस्थामा तनाव नचाहेको पनि खानले प्रस्ट पारे ।

खानले आफू सत्तामा आएपछि भारतसँगको सम्बन्ध सुधार्ने कोसिस गरेको पनि बताए । तर, भारतमा आरएसएसको विचारधारा निर्यायक बन्दा सम्बन्ध सुधार असंभव भएको उनको भनाइ थियो ।

 

‘तर दुर्भाग्यवश आरएसएसको विचारधाराले भारतको कमाण्ड गर्‍यो । आरएसएसका संस्थापक को थिए भनेर हामी सबैलाई थाहा छ । उनीहरूले नाजीबाट प्रेरणा लिन्थे’, खानले भने, ‘आरएसएसको विचारधाराले नै महात्मा गान्धीको ह’त्या गरेको थियो । यही भएर यो विचारधारासँग वार्ता गर्न निकै मुश्किल हुन्छ । कुराकानीका लागि निकै कोशिक भयो तर उनीहरूको विचारधाराले मुलसमान, पाकिस्तान र अल्पसंख्यकलाई घृणा गर्छ ।’

आरएसएसको विचारधाराले भारतलाई नै बढी हानी हुनेसमेत खानको भनाइ थियो । उनले भने, ‘हाल भारतमा जे भइरहेको छ, त्यसबाट पाकिस्तानलाई भन्दा ऊसलाई नै बढी हानी हुन्छ । हाम्रो सम्बन्ध चिसिएको छ तर भारतमा जे भइरहेको छ त्यो चिन्ताजनक छ ।’

त्यस्तै, भारत र पाकिस्तानबीच तनाव बढ्नुको एक मात्र कारण कश्मीरको मुद्दा रहेको तर उक्त मुद्दालाई वार्तामार्फत् हल गर्न सकिने पनि खानको जोड थियो ।

‘मैले पहिलो पटक सत्तामा आएपछि भारतसँगको सम्बन्ध राम्रो बनाउने प्रयास गरेको थिएँ । भारत एक कदम अघि आयो भने आफू दुई कदम अघि आउने भनेको थिएँ’, खानलाई उदृत गर्दै बीबीसी हिन्दीले लेखेको छ, ‘दुबै मुलुकबीच केबल कश्मीरको मुद्दा छ र एउटा असल छिमेकी बनेर उक्त मुद्दालाई वार्तामार्फत् हल गर्न सकिन्छ ।’

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस