Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन ३२, २०८२
  • होमपेज
  • समाचार
  • असन्तुष्ट एमाले नेताहरू एकीकृत समाजवादीमा प्रवेश
समाचार

असन्तुष्ट एमाले नेताहरू एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं। नेकपा एमालेका असन्तुष्ट नेताहरूले पार्टी छाड्न थालेका छन्। पछिल्लो समय मधेस प्रदेशका सर्लाही, धनुषा र महोत्तरीमा विवादका कारण नेकपा एमालेको जिल्ला अधिवेशन हुन सकेको छैन।

सोही विवादमा असन्तुष्ट बनेका जिल्ला तह र प्रदेश तहका नेताहरूले पार्टी छाड्न थालेका हुन्। आइतबार मात्र एमाले मधेस प्रदेश कमिटीका सदस्य तथा महोत्तरीका नेता नरबहादुर स्याङ्तान नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन्। स्याङ्तानसहित नेता तेजु अधिकारी र सुवर्ण पौडेल पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।

विज्ञापन

उनीहरूलाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आइतबार काठमाडौंमा पार्टी प्रवेश गराएका थिए। मधेस प्रदेशमा दलहरू चुनाव लक्षित कार्यक्रममा लागिरहेको बेला एकीकृत समाजवादी अन्य दलका नेता तथा कार्यकर्ता भित्र्याउन नै व्यस्त देखिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस