आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • ‘हिउँ खेल्न’ लाप्राक गएका दुई किशाेर ११ दिनपछि खाेँचमा मृत भेटिए
समाचार

‘हिउँ खेल्न’ लाप्राक गएका दुई किशाेर ११ दिनपछि खाेँचमा मृत भेटिए

गाेरखा ।  गएकाे ११ दिनदेखि हराइरहेका गोरखाको बारपाकका दुई किशोर मृत भेटिएका छन् । बारपाक सुलिकोट गाउँपालिका १ बारपाक गाउँका १६ वर्षका करण घले र १६ वर्षकै साइँला भनिने सञ्जय घले मृत भेटिएका हुन् ।

उनीहरू आज आइतवार बेलुका सुलिकोट वडा नम्बर १ को तिम्रा भन्ने ठाउँमा खोँचमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले बताउनुभयो । घटनास्थलको अवस्था हेर्दा उनीहरू हिउँ परेको समयमा डाँडाबाट लडेर खोँचमा पुगी ज्यान गएकाे हुन सक्ने अनुमान गरिएको उहाँको भनाइ छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका अधिकृतसहितको टोली घटनास्थलतर्फ गएको डीएसपी दाहालले बताउनुभयो ।

विज्ञापन

करण र सञ्जय गएको माघ २० गते बिहान १० बजेतिर हिउँ खेल्न भन्दै घरबाट लाप्राकतर्फ गएका थिए । करण र सञ्जय हिउँ खेल्न भनेर लाप्राकतिर गएको तर घरमा नआएको भन्दै उनीहरूका परिवारले माघ २३ गते प्रहरीलाई जानकारी गराएका थिए ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस