Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन ३२, २०८२
  • होमपेज
  • समाचार
  • जाल्पा लघुवित्तकाे आईपीओ बाँडफाँड गरिँदै, आईपीओ पाउनेकाे संख्या एकिन भयाे
समाचार

जाल्पा लघुवित्तकाे आईपीओ बाँडफाँड गरिँदै, आईपीओ पाउनेकाे संख्या एकिन भयाे

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आज आइतबार बाँडफाँड हुने भएको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार लघुवित्तको शेयर आज साँझ ५ बजे बाडफाँट हुने भएको हो ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले माघ २१ गते देखि ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको थियो ।

विज्ञापन

त्यसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरमा मात्रै सर्वसाधारणको लागि बाँडफाँड हुनेछ ।

विज्ञापन

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लुवित्तको शेयरमा २६ लाख ५९ हजार ५४० जना आवेदक बाट ३ अर्ब २५ करोड २० लाख ५८ हजार रुपैयाँ बराबरको ३ करोड २५ लाख २० हजार ५८० कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो सर्वसाधारणलाई छुट्टाएको ४ लाख ८७ हजार ९०० कित्ताको ६६.६५ गुणाले बढी हो । माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ ।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस