चितवन ।
चितवनमा अपराध अनुसन्धानमा अब्बल कहलिएका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले चितवनसहित महोत्तरी र बर्दियाका प्रहरी प्रमुखको काज सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार चितवनमा प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी, महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा बिरेन्द्र शाहीको काज सरुवा भएको हो ।
विज्ञापन
यी तीनै जिल्लामा रहेका एसपीत्रय ओम अधिकारी, दिनेश आचार्य र ईश्वर कार्कीको एकवर्षे कार्यकाल पुरा भएपनि सरुवा भएको थिएन् ।
विज्ञापन
प्रहरी प्रधान कार्यालयले कपिलवस्तु प्रहरी प्रमुखको नेतृत्वगर्दा आफ्नो कार्यकालमा अपराध नियन्त्रण, तस्करी तथा चोरी पैठारी रोकथाम, राजस्व चुहावट नियन्त्रण, फरार अभियुक्त पक्राउ र अपराध अनुसन्धानमा अब्बल नतिजा दिएका अधिकारीलाई चुनौतीपूर्ण मानिएको चितवनको जिम्मेबारी दिएको छ ।
यस्तै महानगरीय अपराध महाशाखामा रहेका एसपी पंगेनीलाई नेपाल भारत सीमा अपराधको थलो मानिने महोत्तरी र बढुवापछि नेतृत्वको अवसर नपाएका शाहीलाई बर्दियाको जिम्मेबारी दिएको हो ।
फेसबुक प्रतिक्रियाहरु