आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • हिमानीको नाममा अमेरिकामा पैसा उठाएपछि…
समाचार

हिमानीको नाममा अमेरिकामा पैसा उठाएपछि…

अमेरिका । पूर्वयुवराज्ञी हिमानी शाहको अमेरिका भ्रमण विवादमा परेको छ । हिमानी ट्रष्टका नाममा विभिन्न कार्यक्रमहरु आयोजना भएपनि पैसाकै विषय आयो ।

ट्रष्टका नाममा पैसा उठाउने गतिविधिहरु भए । हिमानी ट्रष्टका लागि सहयोग लिने भन्दै केही व्यक्ति डलर संकलनमा लागे । अमेरिकाको विभिन्न प्रान्तमा च्याप्टर नै खोलियो । जहाँ कार्यक्रम हुन्छ त्यहाँ डलर झार्न एउटा टोली नै लाग्यो ।

विज्ञापन

फोन गर्दै पैसा उठाउनेहरु सक्रिय भए । यसले हिमानीलाई विवादमा तान्यो ।

विज्ञापन

वास्तवमा हिमानी छोरा हृदयन्द्रलाई बोस्टनको कलेजमा भर्ना गर्न पुगेकी थिइन् । त्यही अवसरमा उनी ट्रष्टको नाममा घुम्न थालिन् । उनलाई हेर्न आउने नेपाली समुदायको भीड नै लाग्यो ।

ट्रष्टका नाममा कतिपयले पैसा उठाए । त्यो पैसा ट्रष्टलाई जान्छ भनिएपनि पारदर्शी गरिएको छैन । यसले हिमानीलाई विवादमा पार्न सक्छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस