काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले ४२ करोड रुपैयाँ भन्दा बढी राजश्व नतिर्ने र पटक पटक ताकेता गर्दा पनि अटेरी गरेको भन्दै याक एण्ड यति होटलको क्यासिनोको लाइसेन्स रद्द गरेका छन् ।
विज्ञापन
मन्त्रीस्तरीय निर्णयबाट याक एण्ड यति होटलको पाँच तारे स्तरको वर्गीकरण प्रमाणपत्र समेत रद्द गर्ने निर्णय भएको पर्यटन विभागले जनाएको छ ।
विज्ञापन
होटलको नाममा रहेको सम्पूर्ण अलच सम्पत्ति रोक्का राख्ने र वैंक तथा वित्तीय संस्थामा रहेका सबै खाता तथा कारोबार रोक्का राख्ने निर्णय समेत भएको विभागले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु