Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ३१, २०८२
  • होमपेज
  • समाचार
  • एमालेसंग पार्टी एकता गर्ने कमल थापाको तयारी !
समाचार

एमालेसंग पार्टी एकता गर्ने कमल थापाको तयारी !

काठमाडौं ।

आज मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएको घोषणा गरेका कमल थापाले नयाँ पार्टी दर्ता गरेर नेपाल कम्युनिष्ट पार्टी एमालेसंग ‘एकता’ प्रवेश गर्ने तयारी थालेका छन् ।

विज्ञापन

एकता महाधिवशेनमा राप्रपा अध्यक्षमा राजेन्द्र लिङदेनसंग पराजित भएपछि उनले ‘निर्मल निवास’ पूर्व राजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको कारण आफु पराजित भएको भन्दै लफडा निकालेका थिए ।

विज्ञापन

उनले पटक-पटक निर्मल निवासको हस्तक्षेप बारे छानविन गर्नुपर्ने माग राख्दै आएका थिए ।

तर त्यसलाई अध्यक्ष राजेन्द्र लिङदेनले वास्था गरेनन् बरु उल्टै राजावादीको पार्टीमा ‘निर्मल निवास’ पूर्व राजा ज्ञानेन्द्र शाहको हस्तक्षेप हुनु स्वाभाविक भएको बताएका थिए ।

कमल थापाले हिजो मात्र स्थानिय निर्वाचनको घोषणा अघि नै माग सम्बोधन हुनुपर्ने नत्र नयाँ पार्टी खोल्ने चेतावनी दिएका थिए ।

अध्यक्ष हुदाँ सधै लाभ लिएर राप्रपामा आफ्नो हालिमुहाली गरिरहेका थापा अब कुनै लाभ लिन नपाउने भएपछि पार्टीमा रहनु वा नरहनुमा कुनै भिन्नता नभएपछि पार्टी नै छाड्ने निर्णय गरेका हुन् ।

उच्च स्रोतले बताए अनुसार कमल थापाले पहिले राप्रपाबाट सकेको सम्म नेता कार्यकर्ता आफ्नो पक्षमा ल्याउने र नयाँ पार्टी दर्ता गर्ने अनि केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेसंग पार्टी एकता प्रवेश गर्ने तयारी थालेका छन् ।

नयाँ पार्टी दर्ता नगरि सामान्य तरिकाले एमाले पार्टी प्रवेश गर्दा आफ्नो हैसियत सामान्य नेताको मात्र हुने भएपछि नयाँ दल दर्ता गरेर आफु पार्टी अध्यक्षको हैसियतमा पार्टी एकता प्रवेश गर्ने र आफु सुरक्षित हुन् खोजेको बुझिएको छ ।

कमल थापाले आफु अध्यक्षमा पराजित भएसंगै पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुराज्ञी हिमानी शाह बिरुद्ध आगो ओकल्दै अब राजसंस्थाको मुद्धा बोक्ने नसक्ने भन्दै हिन्दु राष्ट्रको मात्र मुद्धा बोक्ने अभिव्यक्ति दिन थालेका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हिन्दु राष्ट्रको पक्षमा संघियता र गणतन्त्रको पनि बिरुद्धमा भएको आरोप लाग्दै आएको छ । त्यसैले पनि कमल थापाको बिचार केपी शर्मा ओली मिल्ने देखिन्छ ।

कमल थापालाई चिनेका र बुझेका निकट व्यक्ति भन्छन कमल थापाल अध्यक्ष भनेपछि मरिहाल्ने व्यक्ति हुन्, बरु खाना बिना बाँच्लान तर पार्टीको अध्यक्ष बिना बाँच्न सक्दैनन् । पार्टी अध्यक्ष बिना बाँच्नै नसक्ने उनको रोग नै हो भनौ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग कमल थापाको सम्बन्ध निकै गहिरो छ । नेपालको राजनीति सामान्य अवस्था हुदा वा जटिल अवस्थामा उनले केपी शर्मा ओलीसंग सहल्ला लिएर मात्रै निर्णय गर्ने गरेका छन् ।

थापालाई निर्वाचित तीन उपाध्यक्ष, दुई महामन्त्री र झन्डै एक सय केन्द्रीय सदस्यको साथ !

गृहजिल्ला मकवानपुर पुगेर राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका निवर्तमान अध्यक्ष कमल थापालाई झन्डै एक सय केन्द्रीय सदस्यले साथ दिने दाबी गरिएको छ ।

गत महाधिवेशनबाट निर्वाचित तीन उपाध्यक्ष, एक महामन्त्री र झन्डै एक सय केन्द्रीय सदस्यलाई साथमा लिएर नयाँ पार्टी दर्ता गर्ने तयारीका साथ थापाले मंगलबार पार्टी परित्याग गरेका हुन् ।

गत महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्की तथा महामन्त्री कुन्ती शाही र भुवन पाठकसहित थापा पक्षबाट निर्वाचित ८० भन्दा बढी केन्द्रीय सदस्यले नयाँ पार्टी खोल्नलाई साथ दिने भएका हुन् ।

‘गत महाधिवेशनवाट तीनजना उपाध्यक्ष, एकजना महामन्त्री र एक सय ६ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए, ती सबै हामीसँगै रहने छन्,’ थापानिकट स्रोतले भन्यो, ‘हिजोको काठमाडौं भेलामा पनि झन्डै ६० केन्द्रीय सदस्यको उपस्थिति थियो,

अचानक भेला गर्नुपर्ने भएकाले सबै आउन नभ्याएका हुन् ।’ उनका अनुसार थापा पक्षधर गत महाधिवेशनमा निर्वाचितमध्ये ८० जनाले साथ दिने प्रतिबद्धता जनाइसकेका छन् भने नयाँ दल दर्ता गर्ने अवस्थासम्म धेरै थपिने देखिएको छ ।

केन्द्रीय सदस्यहरू जयन्त चन्द, राजीव पराजुली, तोरण गुरुङ, राम थापा, दीपकबहादुर सिंह, सुशील श्रेष्ठ, राजाराम बर्तौला, तेज कुरवान, विक्रमबहादुर थापा, जयकुमार खड्का, इन्द्र चित्रकार, वसन्तमानसिंह अधिकारी, गणेश चन्दलगायत नेताहरू थापा समूहमा रहने भएका छन् ।

राप्रपा नाम नरहने, नयाँ नाम राखिने

पार्टी परित्याग गरेपछि नयाँ पार्टी दर्ताका लागि बुधबारदेखि थापाले आफूनिकट नेताहरूसँग छलफल चलाउने भएका छन् । गृहजिल्लाबाट पार्टी परित्याग घोषणा गरेर काठमाडौं फर्किरहेका थापाले नयाँ पार्टी दर्ताका लागि बुधबारदेखि छलफल चलाउने

केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । ‘तर नयाँ पार्टीको नाम राप्रपा रहँदैन, हामीले राप्रपा नाम राख्न पनि हुँदैन, त्यसैले नयाँ नाम तय गरेर दल दर्ता हुनेछ,’ उनले भने, ‘राप्रपा विभाजन नगर्ने तर अन्य नाममा नयाँ दल दर्ता गर्ने सोचमा कमल थापा

हुनुहुन्छ, त्यहीअनुसार छलफल चल्नेछ ।’ उनका अनुसार अधिकांश जिल्ला अध्यक्षहरू पनि थापाको पक्षमा खुल्ने छन् ।

‘राप्रपा ब्रान्ड’ छाड्ने गरी कसरी पुगे कमल थापा पार्टी परित्यागको अवस्थामा ?

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस