मङ्लबार, मंसिर २५, २०८१
  • होमपेज
  • समाचार
  • जेल जान परे म जान्छु, तपाईहरु जान पर्दैन, अहिले ढुक्क भएर लालपूर्जा लिनुहोस : अध्यक्ष बद्री तिमिल्सीना
समाचार

जेल जान परे म जान्छु, तपाईहरु जान पर्दैन, अहिले ढुक्क भएर लालपूर्जा लिनुहोस : अध्यक्ष बद्री तिमिल्सीना

चितवन : माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनमा सुकुम्वासीलाई निस्सा बाड्ने अभियान तिव्र रुपमा अगाडी बढेको छ । निस्सा बाढ्ने अभियान अन्तर्गत भरतपुर ६ मा नक्सा हस्तान्तरण गरिएको छ । आज मंगलबार भरतपुर महानगरपलिका वडा नं. ६ मा राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सीनाले वडा अध्यक्ष हरी विलास कोईरालालाई नक्सा हस्तान्तरण गर्नुभएको हो ।

नक्सा हस्तान्तरण गर्दै अध्यक्ष बद्री तिमिल्सीनालले लालपूर्जा वितरण सम्बन्धी सम्पूर्ण प्रक्रिया सकिएपछि केही दिनमै सकुमबासीको घरघरमा लालपूर्जा लिएर आउने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘हामीले काम सुरु गरी सक्यौँ । मैले आजै वडा अध्यक्षलाई जिम्मा लगाएको छु । वडा अध्यक्षले सम्पूर्ण काम गरेर महानगरमा पठाउनुहुन्छ । महानगरले हामीलाई पठाउँछ । त्यसपछि हामी केही दिनमै लालपूर्जा लिएर तपाईको घरघरमा आउछौँ ।’

विज्ञापन

लालपूर्जा पाएपछि पनि केही समस्या हुन्छ कि भन्ने त्रासमा रहेका सुकुमबासीलाई ढुक्क भएर लालपूर्जा लिन अध्यक्ष बद्री तिमिल्सीनाले बताउनुभएको छ । उहाँले भन्नुभयो, तपाईहरुलाई कोही अवरोध गर्न आयो भने मलाई भन्न आउनुहोस् । जेल जान परे पनी म जान्छु, तपाईहरु जान पर्दैन । अहिले तपाईहरुले ढुक्क भएर लालपूर्जा लिनुहोस ।’

विज्ञापन

उहाँले अब बोलेर मात्र नभई चितवनभरका सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गरेर देखाउने बताउनुभयो । १२ दिनको अवधिमा माडी नगरपालिकामा ३ वटा वडा, भरतपुर महानगरपालिकामा ६ वटा वडा र कालिका नगरपालिकामा ३ वटा वडामा नक्सा नाप्ने काम सुरु भइसकेको जानकारी दिनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले बाँदरझुलाबाट नक्सा नाप्ने कार्य सुरु गर्न र त्यसपछि जिल्लामा भएका सबै भूमिहिनलाई लाल पूर्जा वितरण गर्न निर्देशन दिनुभएको अध्यक्ष बद्री तिमिल्सीनालले बताउनुभयो । अध्यक्ष प्रचण्डले भने अनुसार नै तिव्र रुपमा जग्गा नापजाँचको प्रक्रिया सुरु भईसकेको जानकारी दिदैँ छुटेकाहरुले ७ दिनभित्र निवेदन दिन अनुरोध समेत गर्नुभयो ।

सुकुम्वासीलाई जग्गा दिन विषेश अमिनसहितको टोली फिल्डमा खटिसकेका छन् । जग्गाको निस्सा केही दिनमा पाउने भएपछि स्थानियबासी उत्साहित भएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस