सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • स्थानीय निर्वाचनमा पाँचदलीय गठबन्धन कायम रहने, शिर्ष नेताबीच सहमति
समाचार

स्थानीय निर्वाचनमा पाँचदलीय गठबन्धन कायम रहने, शिर्ष नेताबीच सहमति

काठमाडौँ।

सत्ता गठबन्धन टुट्ने चर्चा चलिरहेका बेला पाँच दलका शिर्ष नेताबीच सहमति भैइसकेको खुलेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा नेपाल स्थानीय निर्वाचनमा मिलेर जाने सहमति भैसकेको जनाइएको छ ।

विज्ञापन

सरकारले बैशाख ३० गते नै एकैचरणमा देशभर निर्वाचन गर्ने निर्णय गरेलगत्तै पाँच दलीय गठबन्धनमा मिलेर चुनावमा जाने सहमति भैसकेको गठबन्धनकै एक नेताले बताए । ति नेताले हिमालपोस्टलाई दिएको जानकारी अनुसार गठबन्धनका नेताहरूकै सहमतिमा बैशाख ३० मै निर्वाचन घोषणा गर्ने सहमति बनेको थियो ।

विज्ञापन

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैशाख ३० मै निर्वाचन घोषणा गर्न प्रस्ताव लगेका थिए । उनको प्रस्ताव अनुसार नै प्रधानमन्त्री शेरबहादुर देउवा चुनावको मिति घोषणा गर्न सहमत भएका थिए । स्थानीय निर्वाचनमा
गठबन्धन कायम राख्ने सहमति भएपनि कसलाई कसरी बाँड्ने भन्ने टुङ्गो लाग्न भने बाँकी छ ।

एमसीसीका कारण भएको खटपटका कारण गठबन्धन टुट्ने हल्लाबिच नेताहरूले निर्वाचनमा मिलेर जाने सहमति गरेपछि गठबन्धन तोड्ने एमएको अर्को अस्त्र पनि समाप्त भएको ति नेताको दाबी छ । उनले भने, ‘गठबन्धन तोड्न एमाले लगातार लागिपरेको सुचना प्रधानमन्त्री र गठबन्धनका शिर्ष नेतालारूले पाइसकेकाले उसका सबै अस्त्र फेल हुन्छन् ।’

उनका अनुसार एमाले अध्यक्ष ओली देउवा नेतृत्वको सरकार बनेदेखि नै गठबन्धन तोड्न यो वा त्यो योजनामा लागिपरेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस