आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • प्रचण्डले मलाई भन्नुभयो- सबैभन्दा पहिला बाँदरझुलाबाट लालपुर्जा बाढ्नुस् : बद्री तिमिल्सिना
समाचार

प्रचण्डले मलाई भन्नुभयो- सबैभन्दा पहिला बाँदरझुलाबाट लालपुर्जा बाढ्नुस् : बद्री तिमिल्सिना

चितवन । राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले पूर्वप्रधानमन्त्री एवम नेकपा माओवादी अध्यक्ष प्रचण्डले बाँदरझुलाबाट लालपुर्जा बाढ्न निर्देशन दिनुभएको बताउनु भएको छ । 

शनिबार माडी नगरपालिका वडा नम्वर ९ को सगरमाथा निम्न माविको प्राङगणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निस्सा पाएको ३५ दिनभित्र सुकुम्वासीको हातमा लालपुर्जा दिने स्पष्ट पार्नुभयो । 

विज्ञापन

अध्यक्ष तिमिल्सिनाले पार्टी अध्यक्ष प्रचण्डले भने अनुसार सुकुम्वासीलाई जग्गा दिने काम तिब्र रुपमा अगाडि बढाईएको जानकारी दिनुभयो । सुकुम्वासीलाई जग्गा दिने काममा कसैले चाहेर पनि अवरोध गर्न नसक्ने उहाँको भनाई छ । 

विज्ञापन

अध्यक्ष  तिमिल्सिनाले अब बोलेर मात्र नभई चितवनभरका सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गरेर देखाउने बताउनुभयो । माडी नगरपालिका वडानम्बर ९ र ५ बाट निवेदन दिएर ठाउँको ठाउँ निस्सा दिने र यो काम द्रुत गतिमा अगाडी बढाईएको छ ।

यस्तै राष्ट्रिय भुमि आयोगका केन्द्रिय उपाध्यक्ष नहेन्द्र खड्काले इतिहासमा नै पहिलो पटक गठबन्धन सरकार भुमि आयोग मार्फत ३५ दिनभित्र लालपुर्जा दिने ठोकुवा गर्नुभयो ।

उहाँले भन्नुभयो-विगतमा २१ वटा आयोग बनि सकेका छन् । अहिले बनेको आयोग २२ औं हो । योआयोगले कुराभन्दा काम गर्छ ।

उपाध्यक्ष खड्काले बिगतका आयोगले निवेदन लिने मात्र काम गरेको भन्दै अब बिगतका झन्झटहरुलाई पन्छाउँदै ३५ दिन भित्रमा सहज रुपमा जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने दावी गर्नुभयो ।

बाँदरझुलाका सुकुम्वासीलाई जग्गा दिन विषेश अमिनसहितको टोली फिल्डमा खटिसकेका छन् । जग्गाको निस्सा केही दिनमा पाउने भएपछि बाँदरझुलाबासी उत्साहित भएका छन् । माडी नगरपालिकामा करिब ५ हजार जना सुकुम्वासी रहेको तथ्याङ्क छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस