शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • समाचार
  • मनकारी वडाध्यक्ष जसले दिए पाँच वर्षे कार्यकालको सेवासुविधा तथा पारिश्रमिक विद्यालयलाई
समाचार

मनकारी वडाध्यक्ष जसले दिए पाँच वर्षे कार्यकालको सेवासुविधा तथा पारिश्रमिक विद्यालयलाई

भक्तपुर ।

सूर्यविनायक नगरपालिका-८ का वडाध्यक्ष किरण थापामगरले आफू निर्वाचित भएपछिको पाँच वर्षे कार्यकालमा पाएको सेवासुविधा तथा पारिश्रमिक विद्यालयलाई सहयोग गरेका छन् ।

विज्ञापन

 

विज्ञापन

वडाध्यक्ष थापामगरले आफ्ना स्वर्गीय हजुरबुबा जगत र बुबा भैरव थापामगरको नाममा ‘जगत भैरव प्रतिष्ठान’ नामक संस्था स्थापना गरी उक्त प्रतिष्ठानमार्फत् सूर्यविनायक-८ नबाबुँ सिपाडोलमा अवस्थित गणेश माध्यमिक विद्यालयलाई १५ लाख रुपैयाँ सहयोग गरेका हुन् ।

 

बिहीबार विद्यालयको भवन निर्माण शिलान्यास कार्यक्रमको अवसरमा वडाध्यक्ष थापामगरले निर्वाचित भएपछिको पाँच वर्षे कार्यकालमा पाएको सम्पूर्ण सेवासुविधा तथा पारिश्रमिकमा थपेर उक्त रकम हस्तान्तरण गरेका हुन् । प्रतिष्ठानले विद्यालयको भौतिक सुधार, गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रावृत्ति प्रदान गर्ने र आर्थिक अभावका कारण विद्यालय जानबाट वञ्चित बालबालिकालाई सहयोग गर्ने गरेको वडाध्यक्ष थापामगरले बताए । ‘प्रतिष्ठानमार्फत् १ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य छ,’ उनले भने ।

सूर्यविनायक नगर उपप्रमुख जुना बस्नेतका अनुसार नगर क्षेत्रभित्रका ३९ विद्यालयमध्ये २०७२ वैशाखको भूकम्पपछि ३७ वटा विद्यालय पुनर्निर्माण भइसकेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस