आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • प्रचण्ड र माधब बाँदरको पुच्छर लौरो न हतियार : महेश बस्नेत
समाचार

प्रचण्ड र माधब बाँदरको पुच्छर लौरो न हतियार : महेश बस्नेत

काठमाडौं ।

नेकपा एमालेका केन्द्रिय सदस्य एंव पूर्वमन्त्री महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधब नेपाललाई ‘बाँदरको पुच्छर लौरो न हतियार’ जस्तै भएको टिप्पणी गरेका छन् ।

विज्ञापन

हिजो (बुधबार) नेकपा एमाले निकट राष्ट्रिय युवा संघले गरेको स्थानीय निर्वाचन, संवौधानिक व्यवस्था र अबको राजनीति विषयक विशेष बहशमा उनले भने- कहिले काही बाँदरको पुच्छर त्यसले हिड्दा लौरोको पनि काम गर्दैन हतियारको पनि काम गर्दैन भन्ने हाम्रो भनाई छ ।

विज्ञापन

प्रचण्ड कमरेड र माधब कमरेड दुई वटा यस्ता पुच्छर बोकेर हिडिरहनु भएको छ । न त्यसले लौरोको काम गर्छ न हतियारको काम गर्छ । उनले थपे नेपाली कांग्रेसले उहाँहरु माधब-प्रचण्डलाई आधार मानेर निर्वाचन नगर्ने प्रक्रियामा जानु हुदैन् यो हाम्रो उहाँहरुलाई आग्रह छ ।

गठबन्धनबाट बनेका प्रधानमन्त्री शेरबहादुर देउवा निरिह बनेको समेत आरोप लगाएका छन् । उनले भने,- गठबन्धनको प्रधानमन्त्री यति निरिह हुनुभयो, उहाँको न्यूनतम साझा कार्यक्रम आउदा एमसीसीबारे उहाँ (शेरबहादुर देउवा)ले केही शब्द बोल्न सक्नु भएन, लिपुलेक, लिम्पियाधुरा र कालापानिको बारेमा केही बोल्न सक्नु भएन, आज उहाँले हिम्मत गर्नु भएको छ ।

एमसीसीलाई सदनको विषय बनाउने हिम्मत गर्नु भएको छ । तर त्यो हिम्मत गरिरहदा उहाँ दोहोरो चेपुवामा हुनुहुन्छ । एकातिर प्रचण्ड माधब कमरेडहरु हामीसंग गठबन्धन गर्ने हुदा खेरि मात्रै, हामी स्थानीय निर्वाचन जेठ ४ गते गर्न दिन्छौं भनेर दबाब दि राख्नु भाको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस