आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • शीर कटाउन तयार छौं, राष्ट्रघात हुन दिँदैनौं : सुदन किराँती
समाचार

शीर कटाउन तयार छौं, राष्ट्रघात हुन दिँदैनौं : सुदन किराँती

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले आठौं महाधिवेशनको निर्देशनविपरीत राष्ट्रघात हुन नदिने जिकिर गरेका छन् । उनले देशको अगाडि सरकार केही नभएको भन्दै आवश्यक परे शीर कटाउन तयार रहेको टिप्पणी गरे ।

विज्ञापन

‘सरकार त के बरु हामी देशको लागि शीर कटाउन तयार छौं,’ मंगलबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘तर हामीबाट राष्ट्रघात हुनेछैन । आठौं महाधिवेशनको निर्देशन र हाम्रो छातीभित्रको देशभक्ति भावनाले यही भन्छ ।’

विज्ञापन

पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कम्प्याक्ट (एमसिसी) संसदबाट पारित गर्न गठबन्धन दलहरूसँग ताकेता गर्न थालेका छन् । यसले सत्तारूढ माओवादी केन्द्रभित्र तीव्र हलचल उत्पन्न भएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस