काठमाडौँ।
चित्रबहादुर केसी अध्यक्ष रहेको सत्ता गठबन्धनमा सामेल दल राष्ट्रिय जनमोर्चा फुटेको छ । जनमोर्चाबाट एउटा समूह अलग भएर नया पार्टे बनाएको छ ।
विज्ञापन
शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाले कृष्णराज पौडेलको अध्यक्षतामा केन्द्रीय समन्वय समिति गठन गरेको हो।
विज्ञापन
समितिमा तीन जना चिन्तामणि पौडेल, सूर्या थापा र सुरेन्द्र भण्डारीलाई उपाध्यक्ष राखिएको छ। महासचिवमा लालबहादुर जाग्री, सचिव गौरिलाल कार्की र कोषाध्यक्षमा ओमबहादुर केसी चयन भएका छन्।
यसैगरी सदस्यहरूमा बालकृष्ण सुवेदी, नरबहादुर थापा, मनिराम सापकोटा, लक्ष्मी न्यौपाने, उद्धव ऐर, धनबहादुर बोहरा, कर्ण थापालगायत छन्।
५१ सदस्यीय केन्द्रीय समितिमा ५ सदस्य पछि केन्द्रीय समितिले पछि मनोनय गर्ने जानकारी दिइएको छ।
फेसबुक प्रतिक्रियाहरु