काठमाडौं ।
माओवादी केन्द्रको महाधिवेशन सम्पन्न भएको एक महिना हुन लाग्यो । तर, अहिलेसम्म अध्यक्षबाहेक अन्य पदाधिकारी निर्वाचन हुन सकेका छैनन् ।
विज्ञापन
केन्द्रीय कमिटी त बनेको छ, तर पोलिटब्युरो, स्थायी कमिटी बन्न सकेको छैन । पुरानै स्थायी कमिटीले काम चलाइँदैछ । पार्टीको पदाधिकारी छान्न माओवादीले माघ २७ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।
विज्ञापन
माओवादीमा १५ सदस्यीय पदाधिकारी रहने विधानमा व्यवस्था छ । अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड नै यथावत् रहेकाले अब अन्य पदाधिकारीमा को को आउलान् भन्ने चासो सबैमा देखिएको छ ।
त्यसमा पनि सबैभन्दा बढी महासचिव को बन्छ भन्ने अनुमान र विश्लेषण हुन थालेको छ । अध्यक्षपछिको कार्यकारी पद भएकाले पनि महासचिवमा आउने नेताबारे चासो र चर्चा बढी देखिएको हो ।
माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा उपचाररत भएकाले सो पार्टीले महाधिवेशनबाट महासचिव छान्न नसकेको हो । त्यसैले धेरैले पुनलाई नै भावी महासचिव देखेका छन् ।
तर, अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्माले पुनलाई दह्रो चुनौती दिएका छन् । संगठन निर्माण र रणनीतिमा शर्मा चतुर छन् । सबैलाई मिलाउने क्षमता राख्छन् । त्यसैले उनलाई महासचिवको दाबेदार देख्ने धेरै छन् ।
तर, पुनको संगठनमा बलियो पकड छ । खासगरी जनजाति समुदायमा उनी लोकप्रिय छन् । माओवादीको संगठन जनजाति समुदायमा बलियो छ ।
यदि वर्षमान पुनलाई महासचिव नबनाइए विद्रोह हुन सक्ने खतराका कारण पनि प्रचण्ढ सकसमा छन् । त्यसैले बीचबाट पम्फा भुसाललाई महासचिव बनाउने कि भन्ने पनि विकल्प खोजिएको स्रोतले बतायो ।
फेसबुक प्रतिक्रियाहरु