सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • स्वीकृति बिनै धर्मशाला लिजमा: बताससँगको सम्झौता खारेज गर्न सिफारिस
समाचार

स्वीकृति बिनै धर्मशाला लिजमा: बताससँगको सम्झौता खारेज गर्न सिफारिस

काठमाडौँ ।

पशुपति क्षेत्र विकाश कोषले संचालन गर्ने धर्मशाला स्वीकृति बिना नै लिजमा लिएको खुलेको छ । अधिकारप्राप्त निकायको स्वीकृति नदिई लिजमा दिएको प्रतिवेदन सार्वजनिक भएको छ ।

विज्ञापन

नेपाल भारत मैत्री पशुपति धर्मशाला भाडा सम्झौता सम्बन्धी छानबिन समितिले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै स्वीकृति बिना नै धर्मशाला लिजमा दिएको बताएको हो।

विज्ञापन

छानबिन समितिले पशुपति धर्मशालामा होटल सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झाैता गैर कानूनी भएको भन्दै खारेज गर्न सिफारिस गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन भएको समितिले मिलेमतोमा सम्झौता गैर कानूनी रुपमा गरिएको भन्दै खारेज गर्न सिफारिस गरेको हो ।

अहिले बतास समूहले धर्मशाला भाडामा लिएर होटल सञ्चालन गरिरहेको छ । नारायणहिटी प्रकरणपछि बतास समूहले भाडामा लिएको धर्मशालाको विवाद चर्किएको थियो ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस