काठमाडौं ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा गाउँ विकास समितिका अध्यक्ष प्रल्हाद न्यौपानेलाई हटाउने तयारी गरेको छ । ह्यात रिजेन्सी होटलसँगको मिलेमतोमा सरकारको एक सय ५४ रोपनी जग्गा फिर्ता गर्ने र सरकारको ४० प्रतिशत सेयर कायम गर्ने मुद्दामा अध्यक्ष न्यौपाने असहयोगी भएको भन्दै हटाउने तयारी भएको हो । ह्यात होटल प्रकरणबारे छानविन उपसमिति बनाएको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सदस्यसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसमक्ष न्यौपाने निरन्तर बैठकमा सहभागी भई ह्यातको पक्षमा वकालत गरेको सूचना पुगेपछि न्यौपाने थप समस्यामा परेको खबर छ ।
विज्ञापन
केही समयअघि अध्यक्ष न्यौपानेले आफूले जग्गा फिर्ता र सेयर पुरानै कित्ता कायम गर्ने प्रयास गरेको दाबी गरेका थिए । तर, समितिका कार्यकारी निर्देशक भफिन्द्र ज्ञवालीले राजीनामा दिने क्रममा अध्यक्षमाथि आर्थिक र चारित्रिक प्रश्न उठाएर राजीनामा दिएका थिए । समितिका महिला कर्मचारीलाई यौ’न दुव्र्यवहार गरेको उजुरी परेको ज्ञवालीले बताउने गरेका छन् । त्यसमा अघिल्ला पर्यटनमन्त्रीहरुले संरक्षण गरेका कारण अध्यक्ष न्यौपानेको आत्मवल बढेको पनि ज्ञवालीले बताउने गरेका छन् ।
विज्ञापन
२०७८ मंसिर २० गते राजीनामा दिने क्रममा ज्ञवालीले अध्यक्ष न्यौपानेले आर्थिक अराजकता मच्चाएको भन्दै आरोप लगाएका थिए । त्यसमा मन्त्रालय आफैले भने छानविन गरेको छैन । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने चासो लिएको छ । स्रोतका अनुसार, सेरेमोनियल अध्यक्ष भएर पनि न्यौपानेले मासिक ४० हजार रुपैयाँ तलब लिइरहेका छन् ।
२०७८ साउन महिनादेखि उनले तलब लिन थालेका हुन् । तलब पाउने व्यवस्था नगरे बजेट पारित हुन नदिने भन्दै सञ्चालक समितिमा धम्की दिएकै भरमा न्यौपानेले मासिक ४० हजार तलब लिन थालेका हुन् । विकास समितिमा कार्यकारी निर्देशकको भूमिका कार्यकारी हुने र अध्यक्ष सेरेमोनियल हुन्छन् ।
यस्तो भूमिका हुने अध्यक्षले बैठक भत्ताबाहेकको सुविधा पाउने चलन हुँदैन। त्यसरी सुविधा लिए अख्तियारको दुरुपयोग हुने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको अख्तियार स्रोतको भनाइ छ । कार्यकारी निर्देशक ज्ञवालीले राजीनामा दिने क्रममा अवैध र गैरकानूनी बाटोबाट मासिक ४० हजारभन्दा बढी रकम औषधिउपचार र भत्ताबापत लिने गरेका छन् । त्यसरी हिसाब गर्दा महिनामा कम्तीमा पनि ८० हजार रुपैयाँ न्यौपानेले बुझ्ने गरेका छन् । मन्त्रालयले आफैले भने यो विषयमा छानविन गरेको छैन् ।
गत वर्षको लकडाउनको बेलामा भने अध्यक्ष न्यौपाने ६ महिनामा ७६ दिन भ्रमणमा निस्केको भन्दै भत्ता र सुविधा बुझेको भेटिएको थियो । न्यौपानेका आर्थिक अराजकता सहन नसकेर ९ महिनामै राजीनामा दिनुपरेको कार्यकारी ज्ञवालीले मन्त्री प्रेम आलेलाई पनि सुनाएको सचिवालय स्रोत बताउछ । नेपाल पर्यटन बोर्डका सिईओ धनञ्जय रेग्मीलाई हटाएपछि न्यौपानेलाई हटाउने तयारी मन्त्रालयको रहेको स्रोत बताउछ ।
फेसबुक प्रतिक्रियाहरु