प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि अमेरिकी सहयोग सम्झौता एमसीसी पारित गर्नैपर्ने भनेपछि थप बिरोध शुरु भएको छ । आज दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकमा सम्झौता टेबल गर्ने सम्भावना बढेपछि हिजैदेखि बिरोध चर्केको हो ।
हिजो साँझ अखिल (क्रान्तिकारी) र युवा संगठन नेपालद्वारा बनेपाको तरकारी बजारदेखि चार दोबाटोसम्म मसाल जुलुस निकालेर एमसीसीको बिरोध गरिएको थियो । यता लगनखेलमा नेपाल कम्युनिष्ट पार्टी, ललितपुर महानगरपालिकाको आयोजना र इञ्चार्ज महेश बज्राचार्यको नेतृत्वमा हिजो साँझ बिरोध कार्यक्रम गरिएको छ ।
विज्ञापन
उनीहरुले एमसीसी चाहिँदैन,देश बेच्न पाईंदैन,दलाल सरकार होशियारलगायत नारा लगाएका थिए । नेकपाले आज माइतीघर मण्डलामा बिहान साढे ११ बजे एमसीसीको बिरोधमा कार्यक्रम गर्ने जनाएको छ ।
विज्ञापन
हिजै काठमाडौंको चाबहिल चोकमा अखिल क्रान्तिकारीको आयोजनामा एमसीसीको बिरोधमा कोणसभा कार्यक्रम राखिएको थियो । साँझ अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाहीको नेतृत्वमा भएको कार्यक्रममा झण्डै डेढ दर्जनको उपस्थिति थियो ।
त्यसैगरी बालकुमारी पुल नजिकै पनि नेकपा (विप्लव) ले एमसीसीको बिरोधमा कार्यक्रम गरेको छ । हिजो अपरान्ह उक्त कार्यक्रम संयुक्त संघर्ष समितिको आयोजनामा नेकपा विप्लवनिकट ट्रेड युनियन महासंघका अध्यक्ष विनोद थापाको नेतृत्वमा भएको हो ।
कार्यक्रममा बोल्दै थापाले एमसीसी पास गर्न खोज्ने नेताहरूको छातीमा गोली हान्नेसम्मको धम्की दिएका छन् । एमसीसी फिर्ता नहुँदासम्म आफूहरुको आन्दोलन जारी रहने उनीहरुले बताएक हुन् । संयुक्त संघर्ष समितिले एमसीसीको बिरोधमा आज बिहान साढे ११ बजे माइतीघरमा कार्यक्रम राखेको छ ।जन आस्थाबाट
फेसबुक प्रतिक्रियाहरु